close

भन्सारका सबै कागजात विद्युतीय माध्यमबाट पेश गर्न सकिने

टेकपाना टेकपाना

जेठ १५, २०८० २०:१३

भन्सारका सबै कागजात विद्युतीय माध्यमबाट पेश गर्न सकिने

काठमाडौं । सरकारले भन्सारमा पेस गर्नुपर्ने सबै किसिमका कागजात क्रमश: विद्युतीय माध्यमबाट पेश गर्न सकिने व्यवस्था मिलाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

यसबाट भन्सार जाँच पास प्रणालीलाई सरल र पारदर्शी बनाइने छ  । मालवस्तु तथा यात्रुको जाँचपासमा आधुनिक उपकरणको प्रयोग बढाउँदै लगिने याेजना पनि ल्याइएकाे छ । 

 

 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:१३