close

कर चुहावट नियन्त्रण गर्न ई-एसेसमेन्ट प्रणालीको सुरुवात गर्ने सरकारी घोषणा

टेकपाना टेकपाना

जेठ १५, २०८० २०:३९

कर चुहावट नियन्त्रण गर्न ई-एसेसमेन्ट प्रणालीको सुरुवात गर्ने सरकारी घोषणा

काठमाडौं । सरकारले कर सहभागिता बढाउन र कर चुहावट नियन्त्रण गर्न ई-एसेसमेन्ट प्रणालीको सुरुवात गर्ने भएको छ । 

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

“स्वैच्छिक कर सहभागिता अभिवृद्धि तथा कर चुहावट नियन्त्रणका लागि कर परिचालन अभियानलाई अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विद्युतीय प्रणालीमा आधारित ई-एसेसमेन्ट पद्धतिको सुरुवात गरिनेछ,” उनले भने । 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:३९