काठमाडौं । नेपाल सरकारले प्राविधिक शिक्षामा लगानी र गुणस्तर अभिवृद्धि गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा शिक्षालाई जीवनोपयोगी, आधुनिक, विज्ञान प्रविधिमा आधारित, व्यावसायिक र अनुसन्धानमुखी बनाइने उल्लेख गरिएकाे छ ।
साथै गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाई शिक्षित र मर्यादित समाजको विकास पनि बजेटमा उल्लेख छ ।