close

१४ रुपैयाँमा आईफोन १४ जित्ने अवसर

टेकपाना टेकपाना

जेठ १८, २०८० १५:१२

१४ रुपैयाँमा आईफोन १४ जित्ने अवसर

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले  ‘रु.  १४  मा  आईफोन  १४’ नामक नयाँ अफर ल्याएको छ । १८ जेठदेखि ३० असारसम्म चल्ने यो अफरमा ग्राहकले १४ रुपैयाँमा आईफोन १४ जित्नसक्ने कम्पनीले जनाएकाे छ ।

अफरमा सहभागी हुन ग्राहकले आइएमई पे एपको 'रु. १४ मा आईफोन १४' देखिएको ब्यानरमा गई काराेबार गर्नुपर्ने छ । यो गेम ग्राहकले जति पटक पनि रु. १४ तिरेर खेल्न पाउनेछन् ।

आईफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र आइएमई पे मा फिर्ता हुने कम्पनीकाे भनाइ छ ।

पछिल्लो अध्यावधिक: जेठ १८, २०८० १५:१२