close

एप्पलको म्युजिक क्लासिकल एप एन्ड्रोइडमा उपलब्ध

टेकपाना टेकपाना

जेठ १८, २०८० १८:३५

एप्पलको म्युजिक क्लासिकल एप एन्ड्रोइडमा उपलब्ध

काठमाडौं । एप्पलले एप्पल म्युजिक क्लासिकलको एन्ड्रोइड एप सार्वजनिक गरेको छ । म्याक र आईप्याडमा एप उपलब्ध गराउनुअगावै कम्पनीले एन्ड्रोइड डिभाइसका लागि सो एप सार्वजनिक गरेको हो ।

यो एपले एप्पल म्युजिक एपमा नभएको म्युजिक सर्च अप्सन उपलब्ध गराएको छ । विशेषगरी कम्पोजर, कन्डक्टर, क्याटलग नम्बरजस्ता तरिकाले म्युजिक सर्च गर्ने सुविधा एपमा छ ।

एप्पल म्युजिक विशेषतः आईओएसका लागि डिजाइन गरिएको एप हो । त्यसैले यो एप अन्य अपरेटिङ सिस्टमका लागि उपलब्ध थिएन । कम्पनीले आफ्नै अपरेटिङ सिस्टमभन्दा अघि एन्ड्रोइडमा सो एप उपलब्ध गराउनु रोचक पक्ष भएको विश्लेषकको तर्क छ ।

एप्पलले सो एपले कसरी काम गर्छ भन्ने भिडिओ नै सार्वजनिक गरेको छ । भिडिओ हेर्न यहाँ क्लिक गर्नहाेस् ।

उक्त भिडिओमा प्रयोगकर्ताले एपका माध्यमबाट कसरी एप्पल म्युजिक एपमा पहुँच पाउन सकिन्छ भन्ने कुरा खुलाइएको छ । 

आईप्याड वा म्याकभन्दा पहिले एन्ड्रो‍इडमा किन उपलब्ध भयो ?

कम्पनीले याे एपका लागि आफ्नै अपरेटिङ सिस्टमभन्दा पनि एन्ड्रोइड अपरेटिङ सिस्टमलाई प्राथमिकता दिएकाे छ । 

एप्पलले सन् २०२१ मा 'प्राइमफोनिक' नामक एप खरिद गरेको थियो । त्यसपछि कम्पनीले सोही एपको नाम परिवर्तन गरेर एप्पल म्युजिक क्लासिकल राखेको थियो ।

सो एपको कोड आईओएसका लागि डिजाइन गरिएकाले एन्ड्रोइड भर्सनमा सार्वजनिक गर्न सहज भएको बताइएको छ ।

तर, त्यही कोडलाई आईपोडओएस वा म्याकओएसमा परिवर्तन गरेर ती भर्सनमा उपलब्ध गराउन बढी काम गर्नुपर्ने भएकाले हालसम्म कम्पनीले सार्वजनिक नगरेको पनि चर्चा गरिएकाे छ ।

एप्पल म्युजिक क्लासिकल एप एन्ड्रोइडमा इन्स्टल गर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८० १९:२१