close

आईटी शिक्षामा कोटा प्रणाली हटाउन सांसद कार्कीको माग

टेकपाना टेकपाना

जेठ २२, २०८० १७:५१

आईटी शिक्षामा कोटा प्रणाली हटाउन सांसद कार्कीको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले आईटी शिक्षामा कोटा प्रणाली हटाउन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कार्कीले आईटी तथा कम्प्युटर साइन्समा विद्यार्थीहरूलाई लगाइएको कोटा प्रणाली हटाउन माग राखेका हुन् ।

"आईटी र पर्यटनलाई हामीले प्रमुख विकासको केन्द्रमा राख्यौं भने हाम्रो देश हामीले आशा गरे अनुसार १० वर्षमा एसियाको सम्पन्न देशको रूपमा विकास गर्न सक्छौं," उनले अगाडि भने, " आईटीमा अहिले र कम्प्युटर साइन्समा विद्यार्थीहरूलाई कोटा सिस्टम लगाइएको छ । यो कोटा सिस्टम हटाउनु पर्दछ । र, आईटीको हब हुनसक्ने नेपालको जुन सम्भावना छ, त्यसलाई हामीले मध्यनजर गरेर अगाडि बढ्नुपर्छ ।"

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८० १८:३२