close

अब इन्स्टाग्राममा पनि एआई च्याटबट

टेकपाना टेकपाना

जेठ २४, २०८० १२:२

अब इन्स्टाग्राममा पनि एआई च्याटबट

काठमाडौं । फोटो प्लेटफर्मको रुपमा परिचित इन्स्टाग्रामले पनि आफ्नै एआई च्याटबट ल्याउने भएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालका प्लेटफर्महरूले आफ्नै एआई च्याटबट सार्वजनिक गर्ने क्रम बढिरहेको छ । 

यो भन्दा अगाडि स्न्यापच्याटले पनि आफ्नो एआई च्याटबट सार्वजनिक गरिसकेको छ भने छोटा भिडिओ प्लेटफर्म टिकटकले पनि आफ्नै एआई च्याटबट ल्याउने तयारी गरिरहेको छ । 

इन्स्टाग्रामका एक इन्जिनियर एलस्यान्ड्रो पलजीले एक ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् । उनले आफ्नो ट्वीटमा कम्पनीले एआई च्याटबटमा काम गरिरहेको र यस च्याटबटमा प्रयोगकर्ताले विभिन्न प्रश्न सोधेर सल्लाहसुझावहरू लिन सक्ने पनि उनले बताएका छन् । 

साथै यो च्याटबटले मेसेज लेख्न पनि मद्दत गर्ने उनले बताएका छन् । यस च्याटबटमा ३० ओटा फरक व्यक्तित्वहरू हुने र ती फरक व्यक्तित्वबाट छनोट गरी आफूले कुराकानी गर्न सकिने बताइएको छ ।   

पछिल्लो अध्यावधिक: जेठ २४, २०८० १२:२