टेकपाना
जेठ २५, २०८० ९:२६
काठमाडौं । डिजिटल वालेट आईएमई पेबाट आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने ग्राहकले एक हजार रूपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।
सेवाग्राहीहरुले आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर अर्थात् एक हजार रूपैयाँसम्म क्यासब्याक पाउनसक्ने कम्पनीले जनाएको छ ।
३१ साउनसम्म चल्ने यो योजनामा ग्राहकले आफ्नो पोलिसी नम्बर प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८० ९:२७