close

वुलिङ एयर ईभी किन्दा ६० किमि रेञ्ज दिने इलेक्ट्रिक साइकल उपहार !

टेकपाना टेकपाना

जेठ २५, २०८० १२:५९

वुलिङ एयर ईभी किन्दा ६० किमि रेञ्ज दिने इलेक्ट्रिक साइकल उपहार !

काठमडौं । वुलिङ एयर ईभी खरिद गर्दा ६० किलोमिटर रेञ्ज दिने इलेक्ट्रिक साइकल उपहार पाइने भएको छ । नेपालका लागि वुलिङ तथा लेभ्निङ ब्रान्डको आधिकारिक वितरक बुज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले नेपालमा वुलिङ एयर मिनी ल्याएको दुई वर्ष पूरा भएको अवसरमा यस्तो अफर ल्याएको हो ।

कम्पनीले यो योजना जेठ २३ गतेदेखि लागू गरेको छ । चीनमा प्रख्यात यो ईभी नेपालमा दुई ओटा भेरियन्टमा उपलब्ध छ । २०० किमी रेञ्ज र ३०० किमी रेञ्ज भेरियन्टमा उपलब्ध यस ईभीमा ३० किलोवाट क्षमताको मोटर रहेको छ ।

२९७४ एमएम लम्बाइ, १५०५ एमएम चौडाइ र १६३१ एमएम उचाइ भएको वुलिङ एयर ईभीमा २०१० एमएम ह्विलबेस रहेको छ । २०० किमी रेञ्ज दिने वुलिङ एयर ईभीमा १७.३ किलोवाट क्षमताको लिथियम फेर्रो फोस्फेट ब्याट्री रहेको छ भने ३०० किलोमिटर रेञ्ज दिने भेरियन्टमा भने २६.७ किलोवाट क्षमताको लिथियम फेर्रो फोस्फेट ब्याट्री प्रयोग गरिएको छ ।

यी दुवै क्षमताका ब्याट्रीले आईपी ६७ रेटिङ समेत पाएका छन् । स्टान्डर्ड भर्सनमा कम्पनीले २.० किलोवाट क्षमताको एसी चार्जर उपलब्ध गराएको छ, जसले साढे आठ घण्टामा फुल चार्ज गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै लङ रेञ्जका लागि कम्पनीले ६.६ किलोवाट क्षमताको एसी चार्जर उपलब्ध गराएको छ । कम्पनीका अनुसार सो चार्जरले ईभीलाई चार घण्टामै फुल चार्ज गर्न सकिन्छ ।

चार ओटा सिट भएको यस ईभीको ग्राउन्ड क्लियरेन्स १४५ एमएम रहेको छ । सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसमा एबीएस (एन्टिलक ब्रिकिङ सिस्टम), ईबीडी (इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन), टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम) र हिल होल्ड प्रणाली जडान गरेको छ । स्टान्डर्ड भेरियन्टमा ड्रम ब्रेक उपलब्ध गराइएको छ भने लङ भेरियन्टमा डिस ब्रेक उपलब्ध छ ।

कम्पनीका अनुसार उपहारमा उपलब्ध हुने इलेक्ट्रिक साइकलमा सामसङको ब्याट्री उपलब्ध गराइएको छ । जसले एक पटकको फुल चार्जमा ६० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८० १३:०