काठमाडौं । अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले ‘पठाओ फुड फेस्ट २०२३’ आयोजना गरेको छ । 'अब भान्सामा ताल्चा लगाउँदा हुन्छ' फुड नारासहित सुरु भएकाे फेस्टमा ग्राहकका लागि विभिन्न अफर राखिएकाे छ ।
फुड फेस्ट असार १५ गतेसम्म सञ्चालन हुने फुड फेस्टमा फ्राइज किन्दा बर्गर फ्री, चिउरा किन्दा छोइला फ्री लगायत अन्य सोच्नै नसकिने अफरहरू समावेश गरिएको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।
यसबाहेक हरेक दिन हुने फ्ल्याश सेल्समा सेवाग्राहीले सोच्दै नसोचेको छुट पाउने प्रवक्ता थापाले बताए । उनका अनुसार अर्डरहरूमा ८० प्रतिशतसम्मको छुट उपलब्ध छ ।
फुड फेस्टमा केही रेष्टरेन्टहरूबाट ९९९ रुपैयाँभन्दा माथिको अर्डर गर्दा बाह्रसिंगे बियर सित्तैमा पाइने समेत उनले बताए ।
यस्तै ग्राहकले हरेक अर्डरमा ‘स्योरशट प्राइज’को स्क्र्याच कार्ड पाउनेछन्, जसमा हरेकले केही न केही पुरस्कार जित्ने कम्पनीले उल्लेख गरेकाे छ ।
पुरस्कारमा धुलिखेल जिपलाइनको एक हजार रुपैयाँको भौचर, सीजी नेटको तीन महिनाको फ्री इन्टरनेट सब्सक्रिप्सन, डिशहोम टिभीमा तीन महिना फ्री रिचार्ज, डिशहोम गो एपमा तीन महिनाका लागि फ्री सब्सक्रिप्सन जित्न सकिने छ ।
यस्तै, क्यूएफएक्स मुभी बुकिङमा तथा यति एयरलाइन्सको टिकट बुकिङमा पनि छुट पाउन सकिनेछ भने गितार शपको पनि सपिङ भौचर पाउन सकिनेछ ।
अफर अवधिभर फुड अर्डर गर्ने मध्येबाट भाग्यशाली १०० जनाले एक वर्षका लागि पठाओ फुडबाट निःशुल्क डेलिभरी जित्ने मौका पाउनेछन् ।
हरेक हप्ता लक्की ड्रमा एक जनाले वनप्लस एन२० एसई र गितार शपबाट गितार जित्ने मौका समेत रहेको छ ।
बम्पर प्राइजमा एक जनाले आईफोन १४ प्रो जित्ने अवसर पाउनेछन् ।
थप जानकारीका लागि पठाओ एप हेर्न सकिने छ । पठाओले साप्ताहिक तथा बम्पर लक्की ड्रका विजेताको घोषणा सामाजिक सञ्जालमार्फत कम्पनीले गर्नेछ । जति धेरै अर्डर गर्यो उति नै धेरै पुरस्कारहरू जित्ने सम्भावना बढ्ने कम्पनीको भनाइ छ ।