close

गुगल पासवर्ड म्यानेजरका लागि अब डेडिकेटेड स्पेस

टेकपाना टेकपाना

जेठ २७, २०८० २२:३७

गुगल पासवर्ड म्यानेजरका लागि अब डेडिकेटेड स्पेस

काठमाडौं । यदि तपाईँ क्रोम प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले पक्कै पनि गुगल पासवर्ड म्यानेजर प्रयोग गर्नु भएको होला । हत्तपत्त क्रोममा गुगल पासवर्ड म्यानेजर भेटाउन सकिदैँन । यो समस्यालाई अब भने गुगलले समाधान गरेको छ ।

गुगलले क्रोमको नयाँ अपडेटसहित गुगल पासवर्ड म्यानेजरको लागि छुट्टै स्पेस हुने व्यवस्था गरेको छ । अब क्रोम मेन्युमा पासवर्ड म्यानेजरका लागि छुट्टै अप्सन देख्न सकिन्छ ।

क्रोमको मेन्युमा क्लिक गरिसकेपछि 'म्यानेज पासवर्ड' अप्सनमा क्लिक गर्न सकिन्छ । अथवा क्रोमको एड्रेसबारमा chrome://password-manager/passwords टाइप गरेर पनि गुगल पासवर्ड म्यानेजर फिचर प्रयोग गर्न सकिनेछ ।

यसका साथै अन्य गुगल वेब एप जस्तै पासवर्ड म्यानेजरलाई पनि डेस्कटपमा पिन गरेर राख्न सकिनेछ । 

यो फिचर डेस्कटपसँगै एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको कम्पनीले जनाएको छ । साथै कम्पनीले यसमा नयाँ फिचरहरू पनि थप गरेको छ ।

अब प्रयोगकर्ताले गुगल पासवर्ड म्यानेजर फिङ्गरप्रिन्ट वा फेसियल भेरिफिसेकसनबाट पनि प्रयोग गर्न सकिनेछ । यो फिचर पहिले मोबाइलमा मात्र थियो भने अब डेस्कटपमा पनि उपलब्ध भएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८० २२:४०