close

नयाँ भीआर क्यामेरा सार्वजनिक गर्ने तयारीमा क्यानन

टेकपाना टेकपाना

जेठ २८, २०८० १२:१२

नयाँ भीआर क्यामेरा सार्वजनिक गर्ने तयारीमा क्यानन

काठमाडौं । जापानी क्यामेरा कम्पनी क्याननले हालै आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको छ । जापानमा आयोजित 'फोटो नेक्स्ट २०२३ सो' नामक कार्यक्रममा क्याननले आफ्नो नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो । 

यी क्यामेराहरूलाई कम्पनीले अहिले नै कुनै नाम भने दिइसकेको छैन । यो क्यामेरा १८० र ३६० दुवै डिग्रीमा फोटो खिच्नसक्छ । कम्पनीले यसको प्रोटोटाइप प्रदर्शनीमा राखे पनि यसको फिचरहरूको विषयमा भने धेरै जानकारी दिएको छैन । 

यो बजारमा कहिलेदेखि उपलब्ध हुनेछ अथवा उपलब्ध हुने पनि छ कि छैन भन्ने विषयमा पनि कम्पनीले अहिले नै आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । 

बजारमा क्याननलाई नयाँ प्रविधि अंगाल्न नसकेको कम्पनीको रुपमा आलोचना गरिँदै आएको छ । यसैबीच कम्पनीले आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो ।  

पछिल्लो अध्यावधिक: जेठ २८, २०८० १२:१३