काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ साेविता गाैतमले ट्वीटर बौद्धिक दरिद्रहरूको जमात भएकाले आफूले चलाउनै छोडेको बताएकी छन् ।
एक युट्युब च्यानलबाट प्रसारित पोडकास्टमा सांसद गौतमले आफूले बिहे गरेपछि ट्वीटरमा बौद्धिक व्यक्तिहरूले नक्कली अकाउन्ट बनाएर आलोचना गरेको भन्दै ट्वीटर चलाउन छाेडेको बताएकी हुन् ।
“पछिल्लो समय मिडियामा समाचारहरू आइसकेपछि मैले ट्वीटर डिलिटै गरिदिएँ,” गौतमले भनिन्, “ट्वीटर कहिले कहिले एकदम राम्रो हुन्छ कहिले धेरै नै टक्सिक हुन्छ । र, अट्याकको सवालमा ट्वीटर नेपालमा यस्तो धेरै बौद्धिक दरिद्रता छ नि, फेक प्रोफाइल बनाएर एकदम बौद्धिक मान्छेले अट्याक गर्नुपर्यो भने ट्वीटर प्रयोग गर्छन् ।”
उनले आफ्नो बिहेलाई लिएर सामाजिक सञ्जालमा व्यक्त पोस्ट र कमेन्टहरूप्रति असन्तुष्ट जनाइन् । साथै नकारात्मक टिप्पणी गर्नेहरूलाई कानूनी कारबाही गर्ने चेतावनी समेत उनले दिएकी छन् ।