काठमाडौं । अनलाइन फुड डेलिभरी सेवा दिँदै आएको कम्पनी 'भोज' ले आफ्नो सेवा धरानमा पनि विस्तार गरेको छ । अब धरानका जनताले भोजको मोबाइल एप अथवा वेबसाइटबाट खानेकुरा अर्डर गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले न्यूनतम् मूल्यको सामान पनि अर्डर गर्न सक्नेछन् भने हरेक अर्डरमा क्याशब्याक अफर पनि प्राप्त गर्न सक्नेछन् । योसँगै भोजको सेवा अब सात शहरमा विस्तार भएको छ । कम्पनीले धरानभन्दा अगाडि काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, भैरहवा र विराटनगरमा सेवा दिदैँ आएको छ ।
चाँडै आफ्नो सेवा इटहरीमा पनि विस्तार गर्ने कम्पनीले जनाएको छ ।