close

जागिर खोज्ने र दिनेहरूका लागि लिङ्क्डइनको उपयोगी फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

जेठ ३१, २०८० १८:५०

जागिर खोज्ने र दिनेहरूका लागि लिङ्क्डइनको उपयोगी फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । जागिर खोज्न इन्टरनेटमा विभिन्न प्लेटफर्म छन् । सामाजिक सञ्जाल लिङ्क्डइनमा पनि यस्ताे सुविधा छ, जसबाट जागिरको आवेदन खुला गर्न वा खुलेकाे ठाउँमा आवेदन दिन सकिन्छ । यसका लागि कम्पनीले 'हायरिङ' र 'ओपन टु वर्क' भन्ने विकल्प दिएको छ ।​ याे सुविधा कर्मचारी खोज्दा वा काम खोज्दा उपयोगी हुने गरेकाे छ ।

यो फिचर प्रयोग गर्दा प्रोफाइल फाेटाेमा नै यी शब्द (#hiring वा #opentowork) देखिन्छन् । यसो हुँदा अन्य प्रयोगकर्ताले कुन उद्देश्यका साथ तपाईँले लिङ्क्डइन प्रयोग गरिरहनु भएको छ भन्ने कुरा सजिलै थाहा पाउँछन् । साथै तपाईंको न्युज फिडमा पनि सम्बन्धित सामग्री देखा पर्न थाल्छन् ।

आज हामी तपाईँलाई यो फिचर प्रयोग गर्ने तरिका सिकाउँदै छौँ:

-लिङ्क्डइनमा ‘साइन इन’ गर्नुहोस् । यसअघि अकाउन्ट खोल्नुभएको छैन भने तलको प्रक्रिया अपनाउनुहोस्:

-यहाँ क्लिक गरी लिङ्क्डइनकाे होम पेजमा जानुहोस् । त्यहाँ ‘जाेइन लिङ्क्डइन’ भन्ने देखिन्छ । आफ्नो आधिकारिक ईमेल राख्नुहोस् । कम्तीमा आठ क्यारेक्टरको पासवर्ड राख्नुहोस् ।

-अब ‘अग्री एन्ड जाेइन’मा क्लिक गर्नुहोस् । अथवा अलि तल रहेको ‘कन्टिन्यु विथ गुगल’ मा क्लिक गर्नुहोस् । यति गरेपछि लिङ्क्डइनमा तपाईंको अकाउन्ट क्रियट हुन्छ ।

-आफ्नो दायाँतर्फ माथि भएको प्रोफाइलमा क्लिक गर्नुहोस् । प्रोफाइल पिक्चरमा क्लिक गर्नुहोस् ।

 

-अब तल भएको चित्रमा जस्तो विकल्प देखिन्छ । तलको भागमा भएको ‘फ्रेम्स’ (Frames) मा क्लिक गर्नुहोस् । 

 

 

-त्यहाँ ‘ओरिजिनल’, ‘हायरिङ’ र ‘ओपन टु वर्क’ विकल्प देखिन्छ ।

-अब जागिर खोजिरहनु भएको छ भने ‘ओपन टु वर्क’मा क्लिक गर्नुहोस् । कर्मचारी खोजिरहनु भएको छ भने ‘हायरिङ’ मा क्लिक गर्नुहोस् । निश्चित हुनुभएपछि तल भएको ‘अप्लाई’ बटनमा क्लिक गर्नुहोस् । 

 

 

त्यसपछि यो फ्रेम तपाईंको प्रोफाइलमा देखिन थाल्छ, जुन सबै प्रयोगकर्ताले देख्न सक्छन् ।

यो फिचर गरेर काम सफल भएपछि पुन: यही प्रक्रिया दोहोर्‍याएर ‘ओरिजिनल’ मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंको प्रोफाइल पिक्चर पहिलेको जस्तै सामान्य हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८० १२:३३