close

अब ६६ पेजको पासपोर्ट पाँच हजारमा उपलब्ध हुने

टेकपाना टेकपाना

असार २, २०८० ८:१६

अब ६६ पेजको पासपोर्ट पाँच हजारमा उपलब्ध हुने

काठमाडौं । सरकारले ६६ पेजको विद्युतीय राहदानी पाँच हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । राहदानी विभागले एक सूचना जारी गर्दै असार ३ गते आइतबारदेखि लागू हुनेगरी ६६ पेजको राहदानी सम्बन्धित जिल्लाबाट लिन चाहेमा पाँच हजारमा उपलब्ध गराउने जानकारी दिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत बनाउँदा १० हजार दस्तुर तिर्नुपर्थ्यो । गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

राहदानी विभागले आज ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराइएको जनाएको छ ।
 

पछिल्लो अध्यावधिक: असार २, २०८० ८:१६