close

अनलाइनमा यसरी निःशुल्क हेर्नुहोस्, नेपाल र जिम्बावे बीचको क्रिकेट लाइभ

टेकपाना टेकपाना

असार ३, २०८० १३:५६

अनलाइनमा यसरी निःशुल्क हेर्नुहोस्, नेपाल र जिम्बावे बीचको क्रिकेट लाइभ

काठमाडौं । आईसीसी मेन्स क्रिकेट वर्ल्डकप क्वालिफायर्स अन्तर्गत आज‍ नेपालले जिम्बाबेसँग खेल खेल्दैछ । स्टार स्पोर्ट एचडीमा लाइभ प्रसारण हुने यो म्याच अनलाइनमा कसरी हेर्ने भनेर जानकारी दिँदैछाैं ।

मोबाइल एपमा कसरी हेर्ने लाइभ ?

यसका लागि सुरुमा तपाईंले नेटटिभी एप डाउनलोड गर्नुपर्ने हुन्छ । आईओएसका लागि यहाँ र एन्ड्रोइडका लागि यहाँ क्लिक गरेर नेटटिभीको एप डाउनलोड गर्न सकिन्छ ।

साथै तपाईंले यहाँ क्लिक गरेर नेटटिभीको वेब भर्सनमा जान सक्नुहुन्छ । - एप इन्स्टल गरिसकेपछि सबैभन्दा पहिले फेसबुक, गुगल वा एनसेलको नम्बर राखेर साइनअप गर्नुहोस् । 

- अनि होमपेजमा सबैभन्दा पहिले देखिने '३४ म्याचेज फ्रि' (34 matches free) को ब्यानर तल रहेको 'वाच नाउ' (Watch Now) को बटनमा ट्याप गर्नुहोस् ।

- वा, लाइभ टिभी (LIVE TV) को अप्सनमा गई स्क्रोल गर्दै अन्तिममा गएपछि दुई ओटा खेलको अप्सन देख्न सकिन्छ । एउटामा नेपाल र जिम्बावे बीचको खेल र अर्को अप्सनमा यूएसए र वेस्टइन्डिज बीचको खेल हेर्न सकिन्छ । 

वेबसाइटबाट कसरी हेर्ने ? 

सबैभन्दा पहिले यहाँ क्लिक गरी नेटटीभीको वेबसाइटमा जानुहोस् । 

- त्यसपछि 'गुगल' वा 'एनसेल' अप्सनमध्ये आफूलाई उपयुक्त हुने एउटा अप्सन छान्नुहोस् । 

- गुगल छानेको खण्डमा जिमेलमा आएको कोड राख्नपर्छ भने एनसेल छानेको अवस्थामा मेसेज बक्समा आएको कोड राख्न‍ुपर्छ ।

- यति गरेपछि तपाईंले होमपेजमा नेपाल र जिम्बाबे तथा यूएसए र वेस्टइन्डिज बीचको खेलको अप्सन देख्न सक्नुहुन्छ । 

- त्यसपछि आफूलाई उपयुक्त हुने म्याच छानेर हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८० १४:३१