close

कनेक्ट आईपीएसको नयाँ योजना, रिफर गर्नेलाई २५ र रिफर पाउनेलाई ५० रुपैयाँ

टेकपाना टेकपाना

असार ५, २०८० १२:६

कनेक्ट आईपीएसको नयाँ योजना, रिफर गर्नेलाई २५ र रिफर पाउनेलाई ५० रुपैयाँ

काठमाडौं । कनेक्ट आईपीएसको रिफर अ फ्रेन्ड २.० अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।

उक्त अफर अन्तर्गत असार ५ गतेदेखि असार ३१ गतेसम्म ‘रिफरर’ अर्थात् रिफर गर्ने प्रयोगकर्ताले रु. २५ र रिफर प्राप्त गर्नेले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । अफरको फाइदा लिन ‘रिफरर’ ले आफ्ना साथी तथा आफन्तलाई आफ्नो 'रिफरल काेड' दिनुपर्ने हुन्छ ।

‘रिफरी’ अर्थात रिफर प्राप्त गर्नेले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त  'रिफरल काेड' दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात 'रिफरर' ले रु. २५ आफ्नो बैंक खातामा र 'रिफरी' ले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्नेछ ।

रिफरर ले आफ्नो  'रिफरर काेड' सँगै लिंक पनि शेयर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछ ।

रिफरीको लिंक गरिएको खाता भेरिफाई भएपछि मात्र रिफररकाे खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाई गराइसक्नुपर्ने कम्पनीले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०८० ८:१०