close

केयूको आईटी कोर्ष ‘बीबीआईएस’ मा भर्ना खुल्यो, क-कसले पढ्न पाउँछन् ?

टेकपाना टेकपाना

असार ७, २०८० १४:३५

केयूको आईटी कोर्ष ‘बीबीआईएस’ मा भर्ना खुल्यो, क-कसले पढ्न पाउँछन् ?

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले ब्याचलर अफ बिजनेस इन्फर्मेसन सिस्टम (बीबीआईएस) मा भर्ना खुला गरेको छ । एक सूचना प्रकाशित गर्दै केयूको स्कुल अफ म्यानेजमेन्टले उक्त शैक्षिक कार्यक्रममा भर्ना खुला भएकाे जानकारी दिएकाे हाे ।

चार वर्षे यो कोर्षमा भर्ना हुन इच्छुक विद्यार्थीले यहाँ क्लिक गरी २५ असारभित्र आवेदन दिन सक्नेछन्  । कक्षा १२ को अन्तिम परीक्षामा प्रत्येक विषयमा कम्तीमा ‘डी प्लस’ ल्याएका विद्यार्थीले याे काेर्ष पढ्न सक्छन् ।

कक्षा १२ को नतिजाको प्रतीक्षा गरिरहेका विद्यार्थीले समेत भर्नाका लागि आवेदन दिन पाउनेछन् ।

यो कोर्ष केयूको स्कुल अफ म्यानेजमेन्ट (धुलिखेल) र लिटल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम), ललितपुरमा पढाइ हुन्छ ।

याे पनि पढ्नुहाेस्

यस्तो छ काठमाडौं विश्वविद्यालयको बीबीआईएस कोर्ष, कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?

पछिल्लो अध्यावधिक: असार ७, २०८० १४:४४