काठमाडौं । नेपाली कम्पनी अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा डाइनामाइट’ स्पिकर सार्वजनिक गरेको छ । यसअघि ब्लुटुथ स्मार्टवाच ल्याएको कम्पनीले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै स्पिकर पनि सार्वजनिक गरेको हो ।
दुई हजार ५९९ रुपैयाँ पर्ने यो स्पिकरमा १८०० एमएएच क्षमताको लि-पोलिमर ब्याट्री राखिएको छ । यस कारण लगातार ११ घण्टासम्म स्पिकर प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।
ब्लुटुथ भी ५.० द्वारा सञ्चालित यो डिभाइसमा एयूएक्स माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ । अर्थात् यसमा छुट्टै माइक्रो एसडी कार्ड राखेर पनि गीत सुन्न सकिन्छ ।
यो स्पिकर शनिबारबाट विभिन्न स्टोर तथा अनलाइनमा खरिद गर्न सकिनेछ । शनिबार (असार ९ गते) सम्म डिजिटल वालेट खल्ती बजारबाट एक रुपैयाँमा प्रि-अर्डर गर्ने प्रयोगकर्ताले ६०० रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।
बोक्दा हलुको र कम्प्याटिबल भएकाले यो डिभाइस झोलामा राखेर आफूले चाहेको ठाउँमा सजिलै लग्न सकिने कम्पनीले जनाएको छ । स्पिकर, स्मार्टवाच बाहेक आगामी दिनमा अन्य एक्सेसरिज पनि सार्वजनिक गर्ने कम्पनीको योजना छ ।