close

काठमाडौंको चोकचोकमै निगरानी गर्न सीसीटिभी क्यामेरा, २० करोड बजेट विनियोजन

टेकपाना टेकपाना

असार १०, २०८० १५:११

काठमाडौंको चोकचोकमै निगरानी गर्न सीसीटिभी क्यामेरा, २० करोड बजेट विनियोजन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य सडक, चोक र गल्लीहरूमा सर्भिलेन्स क्यामेरा जडान गर्ने भएको छ । 

आइतबार बसेको महानगरको बैठकमा वार्षिक बजेट, आर्थिक र विनियोजन विधेयक पेस गर्दै उपप्रमुख सुनिता डङ्गोलले यो योजना सार्वजनिक गरेकी हुन् ।

“महानगरका मुख्य, सडक, चोक एवं गल्ली समेतमा सर्भिलेन्स क्यामेरा जडान गरी महानगरबासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले महानगरले देख्छ योजनालाई गौरवको कार्यक्रमको रूपमा समावेश गरिएको छ,” उपप्रमुख डङ्गोलले भनिन्, “यस योजनाका लागि २० करोड रकम विनियोजन गरिएको छ ।”

 

पछिल्लो अध्यावधिक: असार १०, २०८० १५:२५