काठमाडौं । एप्पलले आईक्लाउडमा ५ जीबीसम्मको स्टोरेज नि:शुल्क उपलब्ध गराउँछ । त्योभन्दा बढी स्टोरेज भने खरिद गरेर मात्र प्रयोग गर्न सकिन्छ । जबकि आईक्लाउडको प्रतिस्पर्धीको रुपमा रहेको गुगलले १५ जीबी स्टोरेज नि:शुल्क उपलब्ध गराउँछ ।
यो नि:शुल्क स्टोरेजमा प्रयोगकर्ताले आईक्लाउड ड्राइभ, मेल र फोटो ब्याकअप प्रयोग गर्न सक्छन् । तर यी सुविधा ५ जीबी स्टोरेजभित्र प्रयोग गर्न सम्भव हुँदैन । धेरै स्टोरेजका लागि तपाईँ शुल्क तिर्न तयार हुनुहुन्न भने तपाईँको लागि एउटा उपाय छ ।
यसका लागि तपाईँले अमेजन फोटोज एप उपयाेगी हुनसक्छ । यसमा पनि आईक्लाउडमा जस्तै नि:शुल्क रुपमा ५ जीबी स्टोरेज प्रयोग गर्न सकिन्छ । तर यदि तपाईँ अमेजन प्राइमको सब्स्क्राइबर हुनुहुन्छ भने अनलिमिटेड स्टोरेज पाउन सकिन्छ ।
यो एपमा निःशु्ल्क रुपमा गुगल स्टोरेज स्पेस पनि उपलब्ध छ । एप इन्स्टल गरेर आफ्नो अकाउन्टबाट लगइन गरिसकेपछि आईक्लाउड जतिकै अथवा गुगल जतिकै (१६ जीबी) स्पेस पाउन सकिन्छ ।