close

पब्जी मोबाइल नेपाल सिरिजको उपाधि लियो ई-स्पोर्ट्सलाई, जित्यो ३ लाख २० हजार

टेकपाना टेकपाना

असार ११, २०८० १७:४५

पब्जी मोबाइल नेपाल सिरिजको उपाधि लियो ई-स्पोर्ट्सलाई, जित्यो ३ लाख २० हजार

काठमाडौं । पब्जीको राष्ट्रिय स्तरको प्रतियोगिता ‘पब्जी मोबाइल पब्जी मोबाइल नेपाल सिरिज ‍(पीएमएनएस) २०२३’ को उपाधि ‘लियो ई-स्पोर्ट्स’ले जितेको छ । आइतबार सम्पन्न फाइनलमा ‘डीआरएस गेमिङ’, ‘ट्रेन टु किल (टीटूके) ई-स्पोर्ट्स’ जस्ता टिमलाई पछि पार्दै ‘लियो ई-स्पोर्ट्स’ले उपाधि जितेको हो ।

लियोले १५ खेलमा एक चिकेन डिनर र ७४ एलिमिनेसन पोइन्ट सहित कुल १२९ पोइन्ट ल्यायो । दोस्रो र तेस्रो स्थानमा क्रमशः ‘टीटूके ई-स्पोर्ट्स’ र ‘स्काइलाइट गेमिङ’ रहन सफल भए । 

‘टीटूके’ले १२६ र ‘स्काइलाइट गेमिङ’ले १२२ पोइन्ट ल्याएका थिए । त्यस्तै ज्यानमारा ई-स्पोर्ट्स र इलिमेन्ट्रिक्स ई-स्पोर्ट्स मिलेर बनेको ‘इलिमेन्ट्रिक्स ज्यानमारा’ चौंथो बन्याे । ‘डीआरएस गेमिङ’ भने छैटौँ स्थानमा सीमित भयो ।

योसँगै प्रतियोगिताको विजेता टिम ‘लियो ई-स्पोर्ट्स’ले तीन लाख २० हजार रुपैयाँ हात पारेको छ । त्यस्तो दोस्रो हुने टिम ‘टीटूके ई-स्पोर्ट्स’ले एक लाख ५० हजार र तेस्रो ‘स्काइलाइट गेमिङ’ले एक लाख नेपाली रुपैयाँ पाए ।

प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयर (एमभीपी) बनेका टीटूके ई-स्पोर्ट्सका खेलाडी बसन्त गौतम (जेन) ले १० हजार रूपैँया प्राप्त गरे । शीर्ष दुईमा रहेका ‘लियो ई-स्पोर्ट्स’ र ‘टीटूके ई-स्पोर्ट्स’ले पब्जी मोबाइल प्रो लिग साउथ एसिया २०२४ क्वालिफायरमा सिधै स्थान बनाएका छन् ।

No description available.

पछिल्लो अध्यावधिक: असार ११, २०८० १७:४५