काठमाडौं । इन्टरनेसनल बिजनेस मसिन कर्पोरेसन (आईबीएम) ले सफ्टवेयर कम्पनी एपटियो साढे चार अर्ब डलरभन्दा बढी रकममा खरिद गर्ने घोषणा गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले चार अर्ब ६० करोड डलर (छ खर्ब दुई अर्ब ४६ करोड २० लाख रुपैयाँ) मा खरिद गर्न लागेकाे जानकारी दिएकाे हाे ।
पछिल्लो समय आईबीएमले आर्टिफिसियल र आईटी अटोमेसन सफ्टवेयरमा लगानी गरिरहेको छ । सोही परियोजना अनुरुप कम्पनीले एपटियो खरिद गर्न लागेको हो ।
एपटियोले अपरेसनल आईटी व्यवस्थापन र अप्टिमाइजेसन टुलमा काम गर्छ । एपटियोले आईबीएमको एप्लिकेसन व्यवस्थापनमा काम गर्ने जनाइएकाे छ ।
हाल एपटियोले अमेजन, माइक्रोसफ्ट, गुगल लगायत १५ सय बढी कम्पनीहरूलाई प्राविधिक सेवा दिँदै आएको छ । कम्पनीले ग्राहकको 'क्लाउड स्ट्राटेजी' व्यवस्थापन गर्न विशेष काम गर्दै आएको छ ।