close

१३ हजारमै ६००० एमएएच ब्याट्री भएको इन्फिनिक्स स्मार्टफोन, ७ जीबीसम्म र्‍याम बढाउन मिल्ने

टेकपाना टेकपाना

असार १४, २०८० १२:९

१३ हजारमै ६००० एमएएच ब्याट्री भएको इन्फिनिक्स स्मार्टफोन, ७ जीबीसम्म र्‍याम बढाउन मिल्ने

काठमाडौं । नेपाली बजारमा इन्फिनिक्स ब्राण्डका दुई मोडेलका स्मार्टफोन भित्रिएको छ । कम्पनीले 'इन्फिनिक्स हट थर्टी आई' र 'इन्फिनिक्स स्मार्ट सेभेन प्लस' नेपाली उपभोक्ताका लागि उपलब्ध गराउन थालेकाे हाे ।

'हट थर्टी आई' १६ जीबी र्‍यामसम्म बढाउन सकिने ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेल हाे । ९० हर्ज रिफ्रेश रेट भएको फाेनमा ६.५६ इन्च आईपीएस एलसीडी डिस्प्ले रहेको छ । 

एन्ड्रोइड १२ मा आधारित यो फोन एक्सओएस १०.६ द्वारा सञ्चालित छ । मिडियाटेक हेलियो जी३७ चिपसेट रहेको यो फाेनमा कम्पनीले माली-जी ५७ एमपी वान जीपीयू समावेश गरेको छ । 

यसमा ५० मेगापिक्सेलको मुख्य र ०.०८ मेगापिक्सेलको डेप्थ सेन्सर छ । सेल्फी पारखीका लागि फाेनमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध गराएको छ । 

यसमा फिङ्गरप्रिन्ट (लक-बटनमा), एक्सेलेरोमिटर, प्रोक्सिमिटी तथा कम्पास जस्ता महत्त्वपूर्ण सेन्सर रहेका छन् । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यस फोनलाई चार्ज गर्न १८ वाटको चार्जर उपलब्ध गराइएको छ । कम्पनीले यस फाेनको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकेको छ ।

त्यस्तै 'स्मार्ट सेभेन प्लस' स्मार्टफाेनमा ​४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेजकाे सुविधा छ, जसमा ७ जीबीसम्म र्‍याम बढाउने विकल्प छ । यस मोडेलमा ६.६ इन्च आईपीएस एलसीडी डिस्पले छ । अक्टाकोर १.६ हर्ज चिपसेटद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित छ । 

१३ मेगापिक्सेल मुख्य र ०.३ मेगापिक्सेल डेप्थ सेन्सर रहेको फाेनमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । 

यसमा फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, प्रोक्सिमिटी तथा कम्पासजस्ता सेन्सर रहेका छन् । 

६००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा कम्पनीले १० वाटको चार्जर उपलब्ध गराउने बताएको छ । यस फोनलाई १२ हजार ९९९ रुपैयाँ तिरेर खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८० १३:२