close

लहानमा नयाँ एनसेल सेन्टर, हप्ताको सातै दिन खुल्ने

टेकपाना टेकपाना

असार १५, २०८० १२:४

लहानमा नयाँ एनसेल सेन्टर, हप्ताको सातै दिन खुल्ने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले लहानको शहीद चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । त्यस क्षेत्रका आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न विश्व स्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ नयाँ सेन्टर सुरु गरिएको हो । 

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रमबीच बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए । शुक्रबारदेखि भने यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा सञ्चालनमा आएको छ । 

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरूप स्थापना गरिएको यो नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाको बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लिने लगायत विभिन्न कर्पोरेट सेवा समेत लिन सक्ने छन् । 

यसैगरी ग्राहकहरूले यो सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिमलाई ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरमा आवश्यक फेरबदल गर्न, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुरु गर्न, बिल तिर्न, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवा प्राप्त गर्न सक्छन् ।  

“हाम्रो मुख्य उद्देश्य भनेको आफ्ना ग्राहकलाई सेवाहरू मार्फत धेरैभन्दा धेरै लाभ सिर्जना गर्नु हो,” जाब्बोरले भने, “लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम सञ्चालनमा ल्याइएको हो ।”

आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजेदेखि ५ः३० बजेसम्म यो सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिने बताइएको छ । एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । देशका विभिन्न भागमा ३४ ओटा एनसेल सेन्टर सञ्चालनमा छन् । 

पछिल्लो अध्यावधिक: असार १५, २०८० १२:५