काठमाडौं । भिभोले नेपाली बजारमा वाई ३६ स्मार्टफाेन भित्र्याएकाे छ । हालै सार्वजनिक भएको उक्त मोडेल बुधबारदेखि बिक्रीका लागि खुलाइएको कम्पनीले जनाएकाे छ ।
भिभो वाई ३६ मा ९० हर्ज रिफ्रेस रेट भएको ६.६४ इन्च आईपीएस एलसीडी डिस्प्ले छ । एन्ड्रोइड १३ मा आधारित यो मोडेलमा कम्पनीले फनटच १३ यूआई उपलब्ध गराएको छ । यो मोडेल क्वाल्कमको एम ६३३५ स्न्यापड्रागन ६८० फोरजी चिपसेट राखिएको छ ।
विश्व बजारमा यो मोडेल ४ र ८ जीबी र्याम भेरियन्ट तथा १२८ र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । कम्पनीले नेपालमा भने ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको मोडेल उपलब्ध गराएको छ । कम्पनीले फाेनमा थप ८ जीबी भर्चुअल र्याम थप्न मिल्ने सुविधा पनि दिएकाे छ ।
यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ सेन्सर र २ मेगाोपिक्सेलको म्याक्रो सेन्सर गरी तीन ओटा रियर क्यामेरा रहेका छन् ।
सेल्फी खिच्न रुचाउनेहरूका लागि भने यसमा १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ । यसमा फिङ्गरप्रिन्ट, एक्सेलेरोमिटर, प्रोक्सिमिटी, जाइरो, कम्पास जस्ता सेन्सर उपलब्ध छन् ।
५००० एमएएच क्षमताको लिपो ब्याट्री भएको यस फोनमा कम्पनीले ४४ वाटको फास्ट चार्जर उपलब्ध गराएको छ । जसलाई १५ मिनेटमै ३० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।