close

फरेस्ट ग्रीन रङमा बीवाईडी एट्टो थ्री उपलब्ध, मूल्य करिब ६७ लाख

टेकपाना टेकपाना

असार १६, २०८० ९:३३

फरेस्ट ग्रीन रङमा बीवाईडी एट्टो थ्री उपलब्ध, मूल्य करिब ६७ लाख

काठमाडौं । नेपाली बजारमा विद्युतीय गाडी बीवाईडी एट्टो थ्री फरेस्ट ग्रीन कलरमा उपलब्ध भएको छ ।

बिवाईडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो संस्करणको एट्टो थ्री नेपाली बजारमा १०० युनिट उपलब्ध गराइएको जानकारी दिएको छ ।

६६ लाख ८८ हजार रूपैयाँ मूल्य रहेको यो गाडीमा १०० किलोवाट मोटर र ६०.४८ किलोवाट पावर भएको ब्याट्री प्याक रहेको छ । कम्पनीका अनुसार यसले अधिकतम रेन्ज ४२० किलोमिटरसम्म दिन्छ । 

पछिल्लो अध्यावधिक: असार १६, २०८० ९:३३