close

अब स्पोटिफाईमा लामो भिडिओ पनि हेर्न सकिने

टेकपाना टेकपाना

असार १६, २०८० १८:३

अब स्पोटिफाईमा लामो भिडिओ पनि हेर्न सकिने

 

काठमाडौं । म्युजिक प्लेटफर्मको रुपमा परिचित स्पोटिफाईमा छोटा भिडिओहरू मात्र उपलब्ध छ । अब भने कम्पनीले पूरा भिडिओ पनि हेर्न मिल्ने फिचर ल्याउने भएको छ ।

ब्लुमबर्गमा प्रकाशित एक समाचारका अनुसार स्पोटिफाईले आफ्नो प्लेटफर्ममा पूरा भिडिओ नै हेर्न मिल्ने फिचरमा काम गरिरहेको छ । यसका लागि कम्पनीले साझेदारको खोजी गरिरहेको छ ।

यस विषयमा कम्पनीले भने आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन । हाल प्रयोगकर्ताले आफ्नो सामग्रीको प्रचार गर्न ३० सेकेन्डको क्लिप हाल्न पाउँछन्  । अथवा तपाईँले सुनिरहनु भएको कुनै गीतको १० सेकेन्डको गिफ (GIF) हेर्न सकिन्छ । 

यो व्यवस्थालाई विस्तार गर्दै कम्पनीले पूरा भिडिओ अथवा लामो भिडिओ हेर्न मिल्ने फिचर ल्याउन तयारी गरेको हो । गत मार्चमा कम्पनीले आफ्नो प्लेटफर्ममा टिकटकको जस्तै फिचर सार्वजनिक गरेको थियो । उक्त फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो सामग्रीको प्रचारका लागि छोटा भिडिओ राख्ने गर्थे । 

म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा भिडिओ फिचर थप हुन लागेको यो पहिलो पटक भने होइन । यसअघि एप्पल म्युजिकले पनि भिडिओ फिचर थप गरेको थियो ।

पछिल्लो अध्यावधिक: असार १६, २०८० १८:३