close

धनगढीका फोहोर बोक्ने गाडीमा जीपीएस, घर नजिक आइपुग्दा मोबाइलमै नोटिफिकेसन आउने

टेकपाना टेकपाना

असार १७, २०८० ११:७

धनगढीका फोहोर बोक्ने गाडीमा जीपीएस, घर नजिक आइपुग्दा मोबाइलमै नोटिफिकेसन आउने

काठमाडौं । धनगढी उप-महानगरपालिकाले फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन् ।

धनगढी उप-महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए । उनका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको छ ।

फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन "समाजका लागि युवा" संस्थासँगको सहकार्यमा उप-महानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो । 

यो लिंकमा क्लिक गरेर उक्त एप डाउनलोड गर्न सकिनेछ । सो एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन् ।

साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ ।   

प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान गरिने हमालले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असार १७, २०८० १२:४१