close

आकर्षक फोटो बनाउन सघाउने ४ नि:शुल्क एआई टुल

टेकपाना टेकपाना

असार १९, २०८० १०:०

आकर्षक फोटो बनाउन सघाउने ४ नि:शुल्क एआई टुल

काठमाडौं । पछिल्लो समय शब्दकै भरमा फोटो भिडिओ बनाउने एआई टुलका रूपमा ‘मिडजर्नी’ परिचित छ । तर, धेरै प्रयोगकर्ताले प्रयोग गर्ने भएका कारण यसमा बढी ट्राफिक हुन्छ । यसले गर्दा यो टुल सहजै प्रयोग गर्न सकिँदैन ।

आज हामी मिडजर्नीको विकल्पमा प्रयोग गर्न सकिने चार एआई टुलको बारेमा जानकारी दिन्छौं । यी यस्ता टुल हुन्, जसको सहायताले फोटो एडिट गर्नका साथै शब्दकै भरमा फोटो तयार पार्न पनि सकिन्छ । 

१) लेक्सिका डट आर्ट

एआईको सहायताले फोटो बनाउन वा एडिट गर्न चाहनुहुन्छ भने लेक्सिका तपाईंले प्रयोग गर्नै पर्ने मध्येको एउटा एप हो । मिडजर्नी जसरी नै फोटो बनाउन सकिने यो टुल प्रयोग गर्न पनि सजिलो छ । 

कसरी प्रयोग गर्ने लेक्सिका डट आर्ट ?

  • सबैभन्दा पहिले यहाँ क्लिक गरी लेक्सिकाको वेबसाइटमा जानुहोस् ।

  • त्यसपछि माथि दायाँपट्टि रहेको ‘गेट स्टार्टेड’ मा क्लिक गर्नुहोस् । 

  • अनि आफूले अकाउन्ट बनाउन प्रयोग गर्ने जिमेल आईडी राख्नुहोस् । 

  • यति गरिसकेपछि एउटा सर्च बक्स जस्तो बक्स खुल्छ । त्यसमा आफूले कस्तो फोटो बनाउन खोजेको हो त्यो छान्नुहोस्  ।

  • अनि ‘जेनेरेट’को बटनमा क्लिक गर्नुहोस् । यसरी आफूले लेखेको जस्तै फोटो बनाउन सकिन्छ । 

२) एडोबी फायरफ्लाई  

एडोबी फायरफ्लाई यस्तो टुल हो जसले टेस्क्टको भरमा फोटो बनाउने मात्र नभइ कुनै पनि फोटोलाई एडिट गर्न सक्छ । एडोबी फायरफ्लाई के हो, कसरी काम गर्छ भन्ने विषयमा हामीले यसअघि लेखिसकेका छौं । यहाँ क्लिक गरेर उक्त टुलबारे थाहा पाउन सक्नुहुन्छ । 

३) प्लेग्राउन्ड डट कम

प्लेग्राउन्ड एआई यस्तो टुल हो जसको सहायताले निःशुल्क हजारौं फोटोहरू तयार पार्न सकिन्छ । यसले तयार पारेका फोटोहरू स्तरीय देखिनुका साथै सहजै डाउनलोड गर्न पनि सकिन्छ । प्लेग्राउन्ड डट कम एप प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले यहाँ क्लिक गरी प्लेग्राउन्ड डटकम वेबसाइटमा जानुहोस् । 

  • त्यसपछि माथि दायाँपट्टि रहेको गेट स्टार्टेडमा क्लिक गर्नुहोस् । 

  • यति गरेपछि गुगल अकाउन्ट प्रयोग गरी साइनअप गर्नुहोस् । 

  • अनि आफूले चाहेको जस्तो फोटोको टेक्स्ट डिस्क्रिप्सनमा राख्नुहोस् । 

  • र, जेनेरेटमा क्लिक गर्नुहोस् । 

यसरी तपाईं आफूलाई उपयुक्त हुने फोटो तयार पार्न सक्नुहुन्छ । 

४) लिओनार्दो एआई

अन्य एआई टुल जस्तै लिओनार्दो एआईमा पनि शब्दकै भरमा फोटो बनाउन सक्छ । सटीक फोटोहरू तयार पार्न सक्ने यो टुल निःशुल्क प्रयोग गर्न सकिन्छ । लिओनार्दो एआई प्रयोग गर्न तलका प्रक्रिया अपनाउनुहोस् । 

  • सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । 

  • त्यसपछि त्यहाँ देखिएको ‘गेट इन्स्ट्यान्ट एक्सेस’ को अप्सनमा क्लिक गर्नुहोस् । 

  • अनि, त्यहाँ देखाइएको फेसबुक वा डिस्कर्ड ग्रुप जोइन गर्नुहोस् । 

  • यति गरेपछि आफूले कुन ग्रुप जोइन गरेको हो त्यसको युजरनेम राख्नुहोस् । 

  • त्यसपछि तल आफ्नो पहिलो नाम राख्नुहोस्  ।

  • अनि आफ्नो ईमेल एड्रेस राखेर तलका अप्सनमा उपयुक्त अप्सन छान्नुहोस् । र, सब्मिटको अप्सनमा ट्याप गर्नुहोस् । 

  • यति भएपछि यहाँ क्लिक गरी लिओनार्दो एआईमा जानुहोस् । 

  • अनि फेरि ‘लगइन टु लिओनार्दो डट एआई’ को बटनमा क्लिक गर्नुहोस् । 

  • यति गरेपछि लगइन विथ गुगलको अप्सन छानेर आफूलाई उपयुक्त हुने अप्सन छान्नुहोस् । 

  • अकाउन्ट लगइन भइसकेपछि बायाँपट्टि एआई इमेज क्रियसनको अप्सनमा जानुहोस् । 

  • र, बक्समा प्रम्प्ट राखेर आफूलाई उपयुक्त हुने तस्वीर बनाउनुहोस् । 

पछिल्लो अध्यावधिक: असार १९, २०८० १५:४४