close

अब सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण राजस्व अनलाइनबाट तिर्न सकिने

टेकपाना टेकपाना

असार २०, २०८० १५:५१

अब सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण राजस्व अनलाइनबाट तिर्न सकिने

काठमाडौं । अब सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त प्रणालीको उद्घाटन गरे । 

पहिलाे चरणमा याे सेवा गण्डकी प्रदेशमा कार्यान्वयन हुने र अन्य प्रदेशमा पनि क्रमशः लागू गरिने बताइएकाे छ ।

योसँगै अब सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको परीक्षा, वर्ग थप र नवीकरणको आवेदन तथा अनलाइन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा लिनसक्ने छन् ।

कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले आगामी दिनमा यातायात व्यवस्थासँग जोडिएका सम्पूर्ण काम कारबाहीलाई अनलाइन प्रणालीमा आबद्ध गरिने बताए ।

"यातायात क्षेत्रमा हुने सबै प्रकारका कामलाई हामी अनलाइन माध्यमबाट गर्न सकिने गरी सुविधा ल्याउँदै छौँ," उनले भने, "कुनै पनि सेवाग्राही यातायात सम्बन्धी कामको लागि कार्यालय जानु नपर्ने व्यवस्था गर्नेछौं । यसो हुने वित्तिकै विचौलिया प्रवृत्ति अन्त्य हुनेछ ।"

पछिल्लो अध्यावधिक: असार २०, २०८० १६:०