काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
बिहीबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । एसइईको नतिजा परीक्षार्थीले विभिन्न वेबसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सक्नेछन् ।
यस पटकको नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अन्तर्गत नै सार्वजनिक भएको छ, जसमा कोही पनि विद्यार्थी अनुत्तीर्ण हुँदैनन् । २०७८ मा नयाँ लेटर ग्रेडिङ निर्देशिका बनेपनि लागू नभइसकेका कारण बोर्डले पुरानै निर्देशिका अनुसार नतिजा प्रकाशन गरेको हो ।
परीक्षामा चार लाख ८४ हजार ९३९ जना विद्यार्थी सहभागी भएका थिए । यसअन्तर्गत ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ जना, ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ जना, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२ जना, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना र २ देखि २.४ जीपीए ल्याउनेकाे संख्या एक लाख दुई हजार २९३ जना छ ।
त्यस्तै १.६ देखि २.० जीपीए ल्याउनेको संख्या ८८ हजार ४४७ जना, १.२ देखि १.६ जीपीए ल्याउनेकाे संख्या ३८ हजार ७७० र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या दुई हजार २०० रहेको छ ।
मेसेजमार्फत नतिजा हेर्ने तरिका
एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत हेर्न तल उल्लिखित प्रक्रिया अपनाउनुहोस्:
-सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
-त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।
-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३५००१ वा ३४९४९ वा ३१००३ वा ३१०३४ मा एसएमएस पठाउनुहोस् ।
एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।
आईभीआर मार्फत नतिजा थाहा पाउने तरिका
त्यस्तै नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।
वेबसाइटबाट नतिजा हेर्ने तरिका
एसएमएसमार्फत जीपीए मात्र हेर्न सक्ने भएका कारण सम्पूर्ण विषयको ग्रेड थाहा पाउन वेबसाइटबाट नतिजा हेर्नुपर्ने हुन्छ । यसका लागि परीक्षा नियन्त्रण कार्यलयले यो वर्ष १४ वेबसाइटलाई स्वीकृति दिएको छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक हुन्छ । तल उल्लेखित साइटबाट नतिजाको सम्पूर्ण विवरण हेर्न सकिन्छ:
-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-नेपाल टेलिकमबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-एनआईसी एसिया बैङ्कबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-ईडीयू सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक क्लिक गर्नुहोस् ।
-कान्तिपुर पब्लिकेसन लिमिटेडबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-द कनेक्ट प्लस प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-खल्ती प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-नीमा एडुकेसन फाउण्डेसन प्रा.लिबाट नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
-स्मार्टकार्ड नेपाल प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-कम्प्युटायल नेटवर्क प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-फोनिक्स एजुकेशन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-इम्प्रेसिभ मिडिया प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
-एवान सफ्ट सोलुसन टेक्नोलोजी प्रालिबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।