close

मैले एसईई दिएकै छैन, सामाजिक सञ्जालमा आएका पोस्ट फेक हुन्ः गुल्सन झा

टेकपाना टेकपाना

असार २२, २०८० १८:२९

मैले एसईई दिएकै छैन, सामाजिक सञ्जालमा आएका पोस्ट फेक हुन्ः गुल्सन झा

 

काठमाडौं । क्रिकेटर गुल्सन झाले आफ्नाबारे सामाजिक सञ्जालमा फैलिएको पछिल्लो खबर झुटो भएको बताएका छन् । बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नतिजामा गुल्सन राम्रो ग्रेडसहित उत्तीर्ण भएको भन्दै फेसबुक, टिकटक लगायतमा माध्यममा सामग्रीहरू पोस्ट भएका थिए । तर आफूले एसईई परीक्षा नै नदिएको गुल्सनको भनाइ छ ।

जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट खेलेर शुक्रबार स्वदेश फर्किएका उनले पत्रकारसँग कुरा गर्दै भने, "मैले एसईई दिएकै छैन । खै कसरी आयो, थाहा भएन,” । 

फेसबुक पेज तथा टिकटक अकाउन्टमा झाले एसईईमा ३.६ जीपीए ल्याएको खबर भाइरल भएको थियो । १७ वर्षीय झा एसईई दिने उमेर भएकाले सामाजिक सञ्जालमा आएका खबरमा सर्वसाधारणले बधाइ दिएका थिए ।

भ्युज बटुल्ने नाममा पछिल्लो समय टिकटकमा गलत सामग्री फैलने प्रवृत्ति बढ्दो छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८० १८:२९