close

माउस छिटो वा ढिलो चल्छ ? यसरी मिलाउनुहोस् सेटिङ

टेकपाना टेकपाना

असार २३, २०८० ११:५

माउस छिटो वा ढिलो चल्छ ? यसरी मिलाउनुहोस् सेटिङ

काठमाडौं । ल्यापटप अथवा डेस्कटपमा ‘कर्सर’ (मोनिटरमा अहिले तत्कालको स्थान देखाउने सूचक) यताउता सार्न माउस (mouse) प्रयोग गर्ने गरिन्छ । ल्यापटपमा टचप्याड (इन्टर्नल माउस) भएता पनि डेस्कटप प्रयोगकर्ताले भने ‘एक्सटर्नल माउस’ प्रयोग गर्नैपर्छ । माउस चलाउँदा कहिले ढिलो वा छिटो कर्सर दौडेको अथवा स्क्रोल गर्दा एकैचोटी निकै तल पुगेको तपाईंले अनुभव गर्नु भएको छ ? 

माउसको सेन्सिटिभिटी (sensitivity)ले यसमा असर गर्ने गर्छ । माउस चाँडो कुद्छ भने सेन्सिटिभिटी बढी र ढिलो कुद्छ भने सेन्सिटिभिटी कम भएको बुझ्नुपर्छ । सेन्सिटिभिटी कम हुँदा माउस सार्न तपाईंले अलि बल गर्नुपर्छ । त्यस्तै बढी हुँदा आफूले लान खोजेको ठाउँमा लान मुस्किल पर्छ । अर्थात् यो कम/बढी हुँदा नियमित काममा असर पर्छ ।

आज हामी तपाईंलाई यो समस्या समाधान गर्ने उपायसँगै माउस सम्बन्धी अन्य कुराबारे जानकारी दिँदै छौं:

माउसको गति परिवर्तन 

माउस कहिले छिटो/ढिलो चल्छ भने तलकाे सेटिङबाट त्यसको समस्या समाधान गर्न सक्नुहुन्छ: 

-विन्डोज की र अङ्ग्रेजी शब्द आई (I) एकै चोटी क्लिक गर्नुहोस् । अथवा सेटिङमा जानुहोस् । 

-दायाँ भागमा भएको ‘Bluetooth & devices) मा जानुहोस् । 

-विभिन्न विकल्प देखिन्छन् । अलि तल रहेको ‘माउस’मा क्लिक गर्नुहोस् ।

-तल तस्वीरमा जस्तै विकल्प देखिन्छ । त्यहाँ भएको ‘Mouse pointer speed’ स्लाइड देखिन्छ । यसको भ्यालु १ देखि २० (ढिलोदेखि छिटो)सम्म हुन्छ । यसलाई तल-माथि गर्नासाथ माउसको गतिमा फरक आउँछ ।  

 

स्क्रोलिङको गति परिवर्तन 

त्यही ‘स्क्रोलिङ’ सेक्सनमा तपाईंले स्क्रोल गर्दाको माउसको सेन्सिटिभिटी परिवर्तन गर्न सकिन्छ । यसका लागि ‘लाइन्स टु स्क्रोल एट अ टाइम’बाट भ्यालु तलमाथि गर्न सकिन्छ । तर यो चलाउन ‘रोल द माउस ह्विल टु स्क्रोल’ मा भने ‘मल्टीपल लाइन्स एट अ टाइम’ भन्ने विकल्प चयन गर्नुपर्छ ।


 

माउसको थप सेटिङ

माउसबारे थप सेटिङ गर्न तल ‘रिलेटेड सेटिङ’ सेक्सनभित्र रहेको ‘एडिसनल माउस सेटिङ’मा क्लिक गर्नुहोस् । अर्को पपअप बक्स आउँछ । 

 

-यसमा माउसको थप ‘प्रोपर्टिज’ भेटिन्छ । माउसको सेन्सिटिभिटी यहाँबाट तल-माथि गर्न ‘पोइन्टर अप्सन्स’मा जानुहोस् । त्यहाँ माउसको गति कम गर्न, बढाउन स्लाइड देखिन्छ । त्यो तल-माथि गर्नासाथ माउसको गतिमा प्रभाव पर्छ ।

 


 

-माउस सार्दा तपाईंलाई धेरै ओटा कर्सर देखाउन मन छ भने तल रहेको ‘भिजिबिलिटी’ अन गरेर स्लाइड तलमाथि गर्न सक्नुहुन्छ । त्यस्तै तपाईंलाई कर्सरको चिन्ह परिवर्तन ‘पोइन्टर’मा जानुहोस् । त्यहाँ तल ‘कस्टम’भन्ने सेक्सन देखिन्छ । त्यहाँबाट नै तपाईँले माउसको कर्सर परिवर्तन गर्न सकिन्छ ।

यसरी तपाईंले आफ्नो ल्यापटप तथा डेस्कटपमा भएको माउसको सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार २३, २०८० ११:४३