काठमाडौं । नेपाली बजारमा रेड्मीले दुई सस्ताे मोडेलका स्मार्टफोन भित्र्याएकाे छ । कम्पनीले सोमबार रेड्मी एटु (Redmi A2) र एटु प्लस (Redmi A2 Plus) सार्वजनिक गरेको हो । दुवै फाेनमा दुई वर्षकाे वारेन्टी सुविधा दिइएकाे छ ।
डिजाइनका सन्दर्भमा रेड्मी एटु र एटु प्लसमा केही भिन्नता छैन । स्टाइलिश फ्ल्याट फ्रेम डिजाइन भएका यी मोडेलमा ६.५२ इन्चको एचडी प्लस डट ड्रप डिस्प्ले राखिएको छ । त्यस्तै एन्ड्रोइड १३, मिडियाटेक हेलियो जी३६ अक्टाकोर प्रोसेसर र १ टीबीसम्मको एसडी कार्ड सपोर्ट गर्ने फिचर छ ।
क्यामेराका सन्दर्भमा यी मोडेलमा ८ मेगापिक्सेल एआई डुअल क्यामेरा दिइएको छ । सेल्फी पारखीका लागि ५ मेगापिक्सेलको क्यामेरा छ । यसबाट टाइमल्याप्स, शर्ट भिडिओ र पोट्रेट शट खिच्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
५००० एमएएएच क्षमताको ब्याट्री राखिएको यी मोडेलमा कम्पनीले १० वाटको चार्जर उपलब्ध गराएको छ । सुरक्षाका दृष्टिकोणले एटु प्लसमा फिङ्गरप्रिन्ट सेन्सर थप उपलब्ध गराएको छ । त्यसबाहेक अरू मोडेलमा पिन, प्याटर्न र पासवर्डको सुविधा छ ।
कम्पनीका अनुसार रेड्मी एटु २ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । जसको मूल्य १० हजार ४९९ राखिएको छ ।
त्यस्तै २ जीबी र्याम तथा ३२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ११ हजार ४९९ तोकिएको छ भने ३ जीबी र्याम तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको एटु प्लसको मूल्य ११ हजार ९९९ रुपैयाँ राखिएको छ ।