close

पीएमडब्लूआईमा नेपाली पब्जी टिम डीआरएस गेमिङलाई पहिलो चिकेन डिनर

टेकपाना टेकपाना

असार २७, २०८० १८:७

पीएमडब्लूआईमा नेपाली पब्जी टिम डीआरएस गेमिङलाई पहिलो चिकेन डिनर

काठमाडौं । पब्जीको करिब ४० करोड नेपाली रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा नेपाली टिम डीआरएस गेमिङले पहिलो चिकेन डिनर निकालेको छ । पीएमडब्लूआईको अलस्टार्स स्टेजको दोस्रो दिनको पहिलो खेलमा सनहोकमा म्यापमा उत्कृष्ट खेल्दै डीआरएसले गेम जितेको हो ।

डीआरएसले यस खेलमा १६ एलिमिनेशन सहित २६ पोइन्ट ल्याएको छ । योसँगै दोस्रो दिनको पहिलो खेल सकिँदासम्म डीआरएस गेमिङ ६० पोइन्ट सहित अङ्क तालिकामा सातौँबाट तेस्रो स्थानमा उक्लिएको छ ।

अलस्टार्स स्टेजमा १८ टिमले १८ खेल खेल्नेछन् । जसमध्ये शीर्ष ६ टिमले मेन टुर्नामेन्टमा स्थानमा बनाउने छन् । अलस्टार्स स्टेजको खेल बिहिबारसम्म चल्नेछ ।

अलस्टार्स स्टेजको विजेताले करिब दुई करोड रुपैयाँ जित्नेछन् । दोस्रो हुने टिमले करिब एक करोड ५० लाख र तेस्रो टिमले करिब एक करोड १९ लाख  रुपैयाँ पाउने छ ।

प्रतियोगिताको लाइभ  ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असार २७, २०८० १८:३५