काठमाडौं । ट्वीटरको विज्ञापनबाट हुने आम्दानी ५० प्रतिशतले कम भएको छ । कम्पनीका मालिक एलन मस्कले एक ट्वीटको रिप्लाइ गर्दै यस विषयमा जानकारी दिएका हुन् ।
उनले आफ्नो रिप्लाइमा ट्वीटरको विज्ञापन आम्दानी ५० प्रतिशतले कम भएको र कम्पनीको आम्दानीभन्दा खर्च धेरै भइरहेको कुरा पनि उल्लेख गरेका छन् ।
पछिल्लो समय ट्वीटरको नयाँ-नयाँ नियमहरूका कारण यो प्लेटफर्मप्रति मानिसहरूको आकर्षण कम हुँदै गइरहेको छ ।
साथै हालै मात्र कम्पनीले क्रियटरहरूका लागि नयाँ नियम सुरु गरेको छ ।
यस नियम अन्तर्गत कम्पनीले विज्ञापनबाट उठेको रकम क्रियटरलाई पनि केही प्रतिशत दिनेछ । यो नियमका कारण कम्पनीको आम्दानी कम भएको हुनसक्ने अनुमान छ ।