close

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलको मेन टुर्नामेन्टमा डीआरएसको खराब प्रदर्शन

टेकपाना टेकपाना

असार ३१, २०८० १४:१५

पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलको मेन टुर्नामेन्टमा डीआरएसको खराब प्रदर्शन

काठमाडौं । ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लूआई) २०२३’ मा नेपाली टिम डीआरएस गेमिङले लगातार खराब प्रदर्शन गरेको छ

डीआरएस गेमिङ पीएमडब्लूआईको मेन टुर्नामेन्टको पहिलो र दोस्रो दिनको खेल सकिदाँ अङ्क तालिकाको १३ औँ स्थानमा छ ।

पहिलो दिनको खेल सकिदाँ १८ पोइन्टका साथ १३ औँ स्थानमा रहेको डीआरएसबाट दर्शकलाई दोस्रो दिनमा सुधारिएको प्रदर्शनको अपेक्षा थियो । तर त्यो हुन सकेन । 

डीआरएस गेमिङले १२ गेम सकिदाँ कुल ४२ पोइन्ट बटुलेको छ । जसमा २८ एलिमिनेसन र  १४ पोजिसन पोइन्ट रहेको छ । कुल १८ मध्ये १२ गेम सकिसक्दा पनि डीआरएस गेमिङले अहिले सम्म चिकेन डिनर गर्न सकेको छैन ।

अलस्टार्ट स्टेजमा जस्तै मेन इभेन्टमा पनि थाइल्यान्डको पब्जी टिम भ्याम्पाएर ई-स्पोर्ट्सले भने अङ्क तालिकामा आफ्नो दबदबा देखाउन थालिसकेको छ ।

पहिलो स्थानमा रहेको भ्याम्पाएर ई-स्पोर्ट्सले  तीन चिकेन डिनर र १०६ एलिमिनेसन सहित कुल १६५ पोइन्ट ल्याएर ६ गेम अगाबै प्रतियोगिताको उपाधि लगभग आफ्नो नाममा गरिसकेको छ ।

भ्याम्पाएर र दोस्रो स्थानमा रहेको एसटीई बिच ५१ पोइन्टको अन्तर रहेको छ । डीआरएस गेमिङलाई आज अन्तिम दिनको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पब्जि मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो हुँदै बनाएको आफ्नो साख जोगाउने चुनौती रहेको छ ।

खेलको लाइभ  ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’ को फेसबुक पेज तथा युट्युब च्यानलबाट  बेलुका ४:४५ पछि हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८० १४:२७