close

टिकटक खोल्ने बित्तिकै बज्ने आवाजले दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

साउन ५, २०८० १६:३६

टिकटक खोल्ने बित्तिकै बज्ने आवाजले दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जाल टिकटक हाम्रो दैनिकीको अभिन्न हिस्सा बनेको छ । मनोरञ्जनका लागि परिचित यो प्लेटफर्म अहिले सूचना र ज्ञान लिने माध्यम पनि बनेको छ ।

मोबाइलमा टिकटक एप खोल्दा बज्ने म्युजिकले तपाईं हामीमध्ये धेरैलाई दिक्क बनाएको हुनसक्छ । कतै सार्वजनिक स्थान वा भनौं शान्त हुनुपर्ने ठाउँमा एक्कासि टिकटकको म्युजिक बजिदिँदा त्यहाँको माहोल नै खराब हुन पुग्छ । त्यसका लागि टिकटकले प्लेब्याक म्युट (playback mute) फिचर उपलब्ध गराएकाे छ ।

टिकटककाे प्लेब्याक म्युट प्रयाेग गर्ने तरिका:

- सबैभन्दा पहिले आफ्नो डिभाइसमा टिकटक एप खोल्नुहोस् ।

- अनि तल दायाँपट्टि रहेको प्रोफाइलको अप्सनमा जानुहोस् ।

- त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा बारमा ट्याप गर्नुहोस् ।

- यति गरेपछि 'सेटिङ एन्ड प्राइभेसी' अप्सनमा जानुहोस् ।

- त्यसपछि स्क्रोल गर्दै तल 'कन्टेन्ट एन्ड डिस्प्ले'को सेक्सनमा रहेको प्लेब्याकको अप्सन छान्नुहोस् ।

- र, सबैभन्दा माथि देखिएको 'ओपन टिकटक अन म्युट' को अप्सन अन गर्नुहोस् ।

यति गर्नुभयो भने तपाईंले टिकटक एप खोल्दा देखिने पहिलो भिडिओ म्युट भएर आउँछ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८० १७:९