close

अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा प्रतिस्पर्धा गर्दै नेपाली टिम

टेकपाना टेकपाना

साउन ९, २०८० १३:५८

अन्तर्राष्ट्रिय लिङ्ग्विस्टिक ओलम्पियाडमा प्रतिस्पर्धा गर्दै नेपाली टिम

काठमाडौं । इन्टरनेसनल लिङ्ग्विस्टिक ओपम्लियाड (आईओएल) मा सहभागि हुन नेपाली टोली बुल्गेरियास्थित बान्स्को पुगेको छ । नेपालको प्रतिनिधित्व गर्दै काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. बालकृष्ण बलको नेतृत्वमा दुई पर्यवेक्षक र चार नेपाली विद्यार्थी सम्मिलित टाेली त्यहाँ पुगेकाे हो ।

साउन ५ देखि चलिरहेको उक्त कार्यक्रममा विभिन्न देशका करिब ४० टोलीबाट २०० बढीले भाग लिइरहेका छन् । पहिलो पटक सन् २०१९ मा दक्षिण कोरियामा भाग लिएको नेपाली टोलीको यो दोस्रो सहभागिता हो ।

आईओएल भाषा सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसमा माध्यमिक तहका विद्यार्थीहरू र भाषा विज्ञानका विशेषज्ञहरूबिच प्रतिस्पर्धा गराइन्छ ।

सन् २००३ देखि सुरु भएको यस प्रतियोगिता प्रत्येक वर्ष फरक फरक  देशमा आयोजना हुने गर्छ । विशेष गरेर प्रतियोगितामा सहभागीहरूले विभिन्न पजल र चुनौतीबाट भाषाको व्याकरण, संरचना, संस्कृति र इतिहासको विश्लेषण गर्ने गर्छन् ।

साउन १३ सम्म चल्ने प्रतियोगितामा सहभागी भएर टोली नेपाल फिर्ता हुने छ । नेपालमा भने हिमालयन कम्प्युटेसनल लिङ्ग्विस्टिक ओपम्लियाडको ब्यानर र ल्याङ्ग्वेज टेक्नोलोजी केन्द्रको सहयोगमा नेसनल लिङ्ग्विस्टिक ओपम्लियाड हरेक वर्ष सञ्चालन हुँदै आएको छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १४:१९