close

प्रतिस्पर्धामा आउन टिकटकले थप्यो टेक्स्ट मात्रै पोस्ट गर्न मिल्ने फिचर

टेकपाना टेकपाना

साउन ९, २०८० १६:२४

प्रतिस्पर्धामा आउन टिकटकले थप्यो टेक्स्ट मात्रै पोस्ट गर्न मिल्ने फिचर

काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा टेक्स्ट मात्र पोस्ट गर्न सकिने फिचर ल्याएको छ । सोमबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले टिकटकमा टेक्स्टमा आधारित कन्टेन्ट राख्न सकिने फिचर ल्याएको घोषणा गरेको हो ।

यसअघि फोटो वा भिडिओमा टेक्स्ट राख्न वा टेक्स्ट नराखी पोस्ट गर्न सकिन्थ्यो भने अब सोझै टेक्स्ट मात्र राख्न सकिने भएको छ । कुनै म्युजिक छानेर वा सोझै फोटो वा भिडिओ एड गर्ने अप्सनमा गएर १० मिनेट, तीन मिनेट, ६० सेकेन्ड र फोटोको अप्सनसँगै जोडिएको ‘Text’ अप्सनमा ट्याप गरेर टेक्स्ट राखी आफूले छानेको म्युजिक वा आफ्नै आवाज राखेर टेक्स्ट मात्र पोस्ट गर्न सकिन्छ ।

टेस्क्टसँगै स्टिकर, ट्याग र ह्याशट्याग, ब्याकग्राउन्ड कलर राख्न सकिने कम्पनीले जनाएको छ । यससँगै अब ट्वीटरमा फोटो, भिडिओ र टेक्स्ट राख्न सकिने भएको छ ।

सामाजिक सञ्जालका अन्य माध्यम जस्तै फेसबुक, ट्वीटर र युट्युबमा यस्तो सुविधा थियो । यससँगै आफूलाई प्रतिस्पर्धामा ल्याउन टेक्स्टको फिचर समावेश गरेको बताइएको छ । 

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १६:२४