close

पीएमपीएल साउथ एसिया फलमा नेपाली टिमको खराब सुरुवात, डीआरएस गेमिङ अन्तिम स्थानमा

टेकपाना टेकपाना

साउन १०, २०८० १४:३४

पीएमपीएल साउथ एसिया फलमा नेपाली टिमको खराब सुरुवात, डीआरएस गेमिङ अन्तिम स्थानमा

 

काठमाडौं । पब्जीको दक्षिण एसिया क्षेत्रको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को लिग चरण अन्तर्गत पहिलो साताको पहिलो दिनको खेल सम्पन्न भएको छ । मंगलबार भएकाे पहिलो दिन हरेक टिमले चार खेल खेल्दा नेपाली टिमले भने खराब सुरूवात गरे ।

पहिलो दिनको खेल सकिँदा अङ्क तालिकाको शीर्ष तीनमा सबै मङ्गोलियन टिम छन् । यसअन्तर्गत ‘फो मिराकल भाइब्स’, ‘स्टलवार्ट ई-स्पोर्ट्स’ र ‘स्ट्रोन्जर फेकलभ’ क्रमशः पहिलाे, दाेस्राे र तेस्राे स्थानमा छन् । 

नेपाली पब्जी टिममध्ये ‘टीटूके ई-स्पोर्ट्स’ चौंथाे स्थानमा छ । टीटूकेको ३६ पोइन्ट रहेको छ, जसमा एक चिकेन डिनर पनि समावेश छ । तालिकाकाे अन्तिम अर्थात् २०औँ स्थानमा ‘डीआरएस गेमिङ’ छ । डीआरएसले पहिलाे दिन चार एलिमिनेसन पोइन्टमात्रै निकाल्याे ।

यो प्रतियोगिताको कूल पुरस्कार राशि ८० हजार अमेरिकी डलर (करिब एक करोड पाँच लाख रुपैयाँ) राखिएको छ ।

दोस्रो दिनको खेल बुधबार दिउँसाे ४:४५ देखि सुरु हुँदैछ । ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट खेलकाे लाइभ हेर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १४:३४