close

‘नेपालबाट कुनै पनि कामदार कोरिया नभित्र्याउने’ भन्दै सामाजिक सञ्जालमा फेक सूचना

टेकपाना टेकपाना

साउन १०, २०८० १६:३८

‘नेपालबाट कुनै पनि कामदार कोरिया नभित्र्याउने’ भन्दै सामाजिक सञ्जालमा फेक सूचना

काठमाडौं । अहिले सामाजिक सञ्जालमा 'नेपालबाट कुनै पनि कामदार कोरिया नभित्र्याउने' लेखिएको सूचना भाइरल छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागको लोगो र लेटरप्याडसहितकाे सूचना फैलिएपछि धेरै अलमलमा परेका छन् । यसैबीच उक्त सूचना गलत रहेकाे भन्दै राेजगार विभागले साइबर ब्यूरोमा उजुरी दर्ता गराएको छ ।

''मिति २०८०।०४।०८ ईपीएस कोरिया शाखाको लेटरप्याडमा तत्काल नेपालबाट कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना भनी गलत (फेक) सूचना निकाली अतिरञ्जित गर्ने, भ्रम छर्ने, सरकारी लेटरप्याड किर्ते गर्ने लगायतका गैरकानूनी कार्य गरेको र त्यस्तो कार्यमा संलग्नहरूलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा नियमावली २०६४ बमोजिम साइबर अपराधमा हदैसम्मको कैद र जरिवानाको सजायका लागि नेपाल प्रहरीको साइबर ब्यूरो लेखी पठाइसकिएको छ," मंगलबार विज्ञप्ति जारी गर्दै विभागले भनेकाे छ ।

कुनै पनि आधिकारिक सूचनाहरूका लागि सम्बन्धित व्यक्ति स्वयंले ईपीएस कोरिया शाखाको वेभसाईट www.epsnepal.gov.np तथा ईपीएस कोरिया शाखाले राष्ट्रिय स्तरका दैनिक पत्रिकामा प्रकाशित गर्ने सूचनाहरू हेर्न विभागले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८० १६:५९