close

क्यासपरस्कीका ३ नयाँ सेक्युरिटी प्रडक्ट नेपाली बजारमा

टेकपाना टेकपाना

साउन ११, २०८० १८:१

क्यासपरस्कीका ३ नयाँ सेक्युरिटी प्रडक्ट नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा क्यास्परस्की ल्याबका नयाँ उत्पादन भित्रिएका छन् । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै क्यासपरस्कीको नेपालस्थित आधिकारिक वितरक सागर ग्रुपले सेक्युरिटी प्रडक्टहरू क्यासपरस्की स्ट्यान्डर्ड, क्यासपरस्की प्लस र क्यासपरस्की प्रिमियम भित्र्याएको हो ।

विन्डोज, म्याक, आईओएस, एन्ड्रोइडजस्ता डिभाइसहरूको सुरक्षाका लागि यी सेक्युरिटी प्रडक्टमा विशेष फिचर रहेको कम्पनीको दाबी छ ।

क्यासपरस्की स्ट्यान्डर्डमा डिजिटल थ्रेटविरुद्ध रियल टाइम सेक्युरिटी (वास्तविक समयमै सुरक्षा सुविधा) सुरक्षित ब्राउजिङ, एन्टी-फिशिङ क्षमता, फायरवाल, पर्फर्मेन्स टुलहरू, वेबक्याम तथा माइक प्रोटेक्सन लगायतका फिचर छन् ।

त्यस्तै क्यासपरस्की प्लसमा स्ट्यान्डर्ड संस्करणमा भएका फिचरसहित थप सुविधा भएको कम्पनीको भनाइ छ । यसमा थप गोपनीयता क्षमताहरू, परिष्कृत अनलाइन गोपनीयताको लागि अनलिमिटेड भीपीएन, प्रिमियम पासवर्ड म्यानेजर, डेटा चुहावट जाँच (डेटा लिक चेकिङ) लगायतका सुविधा छन् ।

अर्कोतर्फ क्यास्परस्की प्रिमियम भने सब्सक्रिप्सनमा आधारित प्लान हो, जसमा स्ट्यान्डर्ड र प्लस प्लानका सबै सुविधाका साथमा डिजिटल पहिचान सुरक्षा र प्रिमियम टेक्निकल सपोर्ट हुने बताइएको छ ।

यी साइबरसेक्युरिटी सोलुसन्सले डिजिटल सुरक्षामा बलियो आधार तयार पारी प्रयोगकर्ताहरूलाई सुरक्षा प्रदान गर्ने क्यास्परस्की र सागर ग्रुपको विश्वास छ ।

कति छ मूल्य ?

क्यासपरस्की स्ट्यान्डर्डको वार्षिक मूल्य एउटा डिभाइसका लागि ९९९ रुपैयाँ र तीन ओटा डिभाइसका लागि १,९९९ रुपैयाँ राखिएको छ । त्यस्तै क्यासपरस्की प्लसको एउटा डिभाइसका लागि वार्षिक १,९९९ रुपैयाँ र तीन ओटा डिभाइसका लागि वार्षिक ३,४९९ रुपैयाँ पर्नेछ ।

क्स्यासपरस्की प्रिमियम प्याकेजको भने एउटा डिभाइसका लागि वर्षको ३,९९९ रुपैयाँ र तीन डिभाइसका लागि वार्षिक ५,४९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १३:३१