close

क्लासिक टेकको वार्षिक रिचार्जमा ४ महिनासम्म बोनस

टेकपाना टेकपाना

साउन १२, २०८० १५:१

क्लासिक टेकको वार्षिक रिचार्जमा ४ महिनासम्म बोनस

काठमाडौं । नेटवर्क तथा इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले आफ्ना ग्राहकका लागि रिचार्ज अफर ल्याएको छ । यसअन्तर्गत ग्राहकले टाकियन ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म चार महिनासम्मको बोनस प्राप्त गर्न सक्नेछन् ।

साथै रिचार्ज प्रक्रियालाई सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ । यस अफरको क्रममा नेपालपे क्यूआरमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा रु. १०० सम्म क्याशब्याक (प्रति दिन एक युजरलाई एक पटक) पाउन सक्नेछन् ।

त्यस्तै तीन जना भाग्यशाली व्यक्तिले लक्की ड्र मार्फत् ३२ इन्चको टिभी जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन १२, २०८० १५:२८