close

अनलाइनमार्फत आफ्नो सीप बढाउन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी एआई टुल

टेकपाना टेकपाना

साउन १३, २०८० २०:५०

अनलाइनमार्फत आफ्नो सीप बढाउन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी एआई टुल

काठमाडौं । आफ्नो सीप निखार्न वा क्षमता बढाउन तपाईंका लागि एआई एकीकृत गरिएका टुल उपयोगी हुन सक्छन् । पछिल्लो समय एआई प्रविधिकाे प्रयाेग बढिरहेकाे बेलामा यस प्रकारका उपयोगी टुलहरू पनि थपिँदै गएका छन् ।

चाहे फोटो सम्पादन गर्न होस् वा कोडिङ सिक्न, ती सबै कामका लागि तपाईं एआई टुल प्रयोग गर्न सक्नुहुन्छ । आज हामी विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने उपयोगी १२ एआई टुलबारे जानकारी दिँदै छौं:

फोटो सम्पादन

-रिस्टोर फोटोज (Restore Photos)

फोटोमा क्षति पुगेको छ, अथवा धेरै पुरानो भएर नराम्रो देखिएको छ भने यस टुलले त्यसको समाधान दिन सक्छ । 

यस टुलको प्रयोग गरेर त्यस्ता फोटोहरूलाई तपाईंले केही क्लिकमा नै राम्रो बनाउन सक्नुहुन्छ । यो टुल प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।

-जेडएमओ एआई (ZMO AI)

फोटो सम्पादन गर्दा चाहिने विभिन्न टुलहरूमा एकीकृत गरेर यसमा संकलन गरिएको छ । यसमा भएको ‘एआई डिजाइनर’बाट तपाईंले विभिन्न प्रकारका डिजाइनहरू एआईको सहयोगमा तयार पार्न सक्नुहुन्छ ।

‘इमेज क्रियटर’बाट तपाईंले प्रोम्टका आधारमा विभिन्न प्रकारका तस्वीर तयार पार्न सक्नुहुन्छ । साथै अन्य प्रयोगकर्ताले बनाएका विभिन्न तस्वीरहरू तपाईंले यसमा हेर्न सक्नुहुन्छ । कुनै पनि फोटोको ब्याकग्राउन्ड हटाउन पनि यसमा टुल राखिएको छ । यस टुलबाट आफ्नो काम गर्न यहाँ क्लिक गर्नुहोस् ।


भिडिओ सम्पादन

 -डम्म (Dumme)

छोटो खालका भिडिओ बनाउन यो टुल निकै उपयोगी छ । तपाईंले कुनै पनि भिडिओ अथवा पोडकास्टबाट त्यस्ता भिडिओ निकाल्न चाहिरहनु भएको छ भने यो टुल काममा आउन सक्छ ।

यसले उक्त भिडिओको क्याप्सन, शीर्षक र विवरण समेत आफैं उपलब्ध गराउँछ । यसबाट आफ्नो भिडिओ सम्पादन गर्न यहाँ क्लिक गर्नुहोस् । 

-इन भिडिओ (InVideo)

विभिन्न भिडिओहरू बनाउन सहयोग गर्ने यो टुललाई मिडिया, ब्रान्ड वा कम्पनीहरूले प्रयोग गरिरहेका छन् । यसबाट छोटो तथा लामा खालका भिडिओहरू विभिन्न आकारमा बनाउन सकिन्छ । 

आफ्नो दर्शकहरूलाई आकर्षण गर्न यो टुल उपयोगी बताइन्छ । यसलाई प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् । 

 

प्रोडक्टिभिटी

-एटलान्चर (Atlancer)

यस टुल प्रयोग गरी प्रयोगकर्ताले आफूलाई चाहिएको अर्को टुल बनाउन सक्छन् । यसका लागि टेक्स्ट प्रोम्ट प्रयोग गर्नुपर्ने हुन्छ । तपाईंले कुन कामका लागि सहयोगी खोजिरहनु भएको छ, त्यसै क्षेत्रको टुल बनाउन सक्नुहुन्छ ।

जस्तो: लेख्नलाई सहयोगी टुल खोजिरहनु भएको छ भने तपाईंले यसलाई प्रयोग गरेर त्यो टुल बनाउन सक्नुहुन्छ । यसमा आफू बाहेक अन्य प्रयोगकर्ताले बनाएको टुल समेत प्रयोग गर्न सकिन्छ । यसलाई प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।  

-मिडनाइट अलार्म (Mid Night Alarm)

यसमा अर्लामसम्बन्धी चाहिने सबै कुराहरू दिइएको छ । जसमा डाइनामिङ टाइम रिभ्यू, भोल्युम बुस्ट, क्रिटिकल अलर्ट, अलार्म फोल्डर जस्ता फिचर दिइएको छ । 

साथै मौसम पूर्वावलोकन र क्यालेन्डर समेत यसमा दिइएको छ । बारम्बार अलार्म राख्न पर्ने मानिसहरूका लागि निकै उपयोगी हुने देखिन्छ । यसलाई यहाँ क्लिक गरी प्रयोग गर्न सक्नुहुन्छ ।

 

लोगो जेनेरेटर

-स्टाइलड्रप (Style Drop)

लोगो बनाउन उपयोगी र प्रभावकारी टुलका रूपमा यसलाई बुझ्नने गरिन्छ । यसबाट लोगो बनाउन प्रयोगकर्ताले कुनै पनि निर्देशन दिन सक्छन् ।  

यसमा रङ, सेडिङ, डिजाइन प्याटर्न लगायत विभिन्न इफेक्टहरू सङ्कलन गरिएको छ । जुन लोगो बनाउँदा उपयोगी हुन्छ । यसबाट लोगो बनाउन यहाँ क्लिक गर्नुहोस् ।

-लुका (Looka)

यसमा तपाईंले लोगो बनाउन, वेबसाइट तयार पार्न वा ब्रान्ड आइडेन्टिटी निर्माण गर्न सक्नुहुन्छ । यसका लागि विभिन्न प्रकारका टुलहरू दिइएको छ । 

यसका लागि एउटा ग्राफिक्स डिजाइरलाई चाहिने कुराहरू यसमा राखिएको छ । यसबाट लोगो बनाउन यहाँ क्लिक गर्नुहोस् ।

अनुसन्धान

-मिरर थिङ्क (Mirrorthink)

यसलाई प्रयोग गरेर वैज्ञानिक र अनुसन्धानकर्ताहरूले विभिन्न वैज्ञानिक विधिहरू, अनुसन्धान पत्रहरू र सम्बन्धित विषयबारे जवाफ खोज्न सक्छन् । 

यसका साथै अनुसन्धानमा रुचि भएकाले समेत यसलाई प्रयोग गर्न सक्छन् । यसलाई प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् ।

-ओर्ब्टस (Orbtus)

यो एक क्रोम एक्सटेन्स टुल हो । यसलाई तपाईं भिडिओहरू हेर्दै तिनबारे प्रश्नहरू सोध्न सक्नुहुन्छ । 

यसले तपाईंको भिडिओ हेरेर टिपोट गर्नु पर्ने समयलाई जोगाउन भूमिका खेल्न सक्छ । यसलाई चलाउन यहाँ क्लिक गर्नुहोस् ।

 

कोडिङ

-कोडियम (Codium)

यसमा तपाईंले कोडिङ लेख्न, तीनलाई परीक्षणहरू गर्न सक्नुहुन्छ । त्यस्तै तपाईंले लेखेको कोडमा एआईले विभिन्न सुझाव तथा सल्लाह पनि दिनेछ । 

त्यसले तपाईंको कोडिङ् गर्ने सीप निखारिन सक्छ ।  यसलाई प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् । 

-एआई कोड मेन्टर (AI code menter)

यसले एक भर्चुअल प्रशिक्षकले जस्तै काम गर्ने बताइन्छ । विद्यार्थी तथा सिकारु प्रोग्रामरलाई कोडिङको सीप सिकाउन यसमा मेशिन लर्निङ र  एल्गोरिदम प्रयोग गरिएको छ । 

जसलाई तपाईंलाई एक प्रशिक्षकले जस्तै तालिम दिने गर्छ । यसबाट कोडिङ सिक्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८० २०:५४