close

निष्क्रिय जिमेल अकाउन्ट आउँदो डिसेम्बरदेखि डिलिट हुने

टेकपाना टेकपाना

साउन १३, २०८० २३:४३

निष्क्रिय जिमेल अकाउन्ट आउँदो डिसेम्बरदेखि डिलिट हुने

काठमाडौं । के तपाईँसँग कुनै पुराना गुगल अकाउन्ट छन्, जसलाई तपाईँले लामो समयदेखि प्रयोग गर्नु भएको छैन ? यदि छैन भने गुगलले तपाईँको अकाउन्ट डिलिट गरिदिन सक्छ । 

कम्पनीको एउटा नियम छ, जसअनुसार यदि कुनै जिमेल अकाउन्ट २४ महिनासम्म लगइन भएको छैन भने सो अकाउन्ट स्वत: डिलिट हुनेछ । कम्पनीले सन् २०२० मा अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि ल्याएको हो । 

यद्यपि त्यो समयमा यो नियम अनुसार दुई वर्षसम्म प्रयोगमा नआएको जिमेल अकाउन्टमा भएका डेटा डिलिट हुने बताइएको थियो । अब भने डेटा मात्र नभइ पूरै अकाउन्ट नै डिलिट हुने बताइएको छ । 

यो नियम यो वर्षको डिसेम्बर महिनापछि लागू हुने कम्पनीको भनाइ छ । यदि तपाईँले आफ्नो पुरानो कुनै अकाउन्टको पासवर्ड बिर्सनु भएको छ अथवा लगइन गर्नु भएको छैन भने तपाईँसँग अझै समय छ । 

प्रयोग नगरिएका अकाउन्ट ह्याक हुने सम्भावना बढी हुने भएकाले गुगलले सुरक्षा कारणका दुई वर्षसम्म निष्क्रिय अकाउन्ट डिलिट गर्ने तयारी गरेको हो । तर डिलिट गर्नुअघि सबै गुगल अकाउन्टमा पूर्वसूचना दिइने गुगलले उल्लेख गरेको छ । यसकारण आफ्नो अकाउन्ट र डेटा (सामग्री) मेटाउनबाट रोक्नको लागि तपाईंले प्रत्येक दुई वर्षमा कम्तिमा एक पटक आफ्नो गुगल अकाउन्ट प्रयोग गर्न आवश्यक छ ।

ईमेलहरू पठाउने, गुगल ड्राइभ प्रयोग गर्ने, युट्युब भिडिओहरू हेर्ने वा एपहरू डाउनलोड गर्ने जस्ता कुरा गर्दा तपाईंको अकाउन्ट सक्रिय रहनेछ । यदि तपाईँसँग धेरै अकाउन्टहरू छन् र सम्झन सक्नुहुन्न भने गुगलको अकाउन्ट रिकभरी टुलहरू प्रयोग गरी त्यस्ता अकाउन्ट पुनः सक्रिय गर्न सक्नुहुन्छ ।

   

पछिल्लो अध्यावधिक: साउन १४, २०८० ७:५८