close

व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल कारबाही हुने

टेकपाना टेकपाना

साउन १५, २०८० ११:२९

व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल कारबाही हुने

काठमाडौं । व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिएमा काठमाडौं महानगरपालिकाले तत्काल सुनुवाई गर्ने भएको छ । काठमाडौं महानगरको आर्थिक ऐन २०८० मा सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने व्यवस्था गरिएपनि शुल्क लिइरहेको गुनासो आएपछि त्यसको सुनुवाई गर्न सम्पर्क अधिकारी ताेकिएकाे हाे ।

यसका लागि नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई ९८५१०५१६१० कल गरेर गुनासाे टिपाउन सकिनेछ । आर्थिक ऐन २०८० ले निजी मार्ट, रेस्टुरेन्ट, शपिङ कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराएपनि सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको हो । 

पछिल्लो अध्यावधिक: साउन १५, २०८० ११:२९