close

अमेरिकाबाट आउँछ नेपाली आईटी कम्पनीलाई धेरै काम

टेकपाना टेकपाना

साउन १५, २०८० १९:९

अमेरिकाबाट आउँछ नेपाली आईटी कम्पनीलाई धेरै काम

 

काठमाडौं । विदेशको काम लिने नेपाली आईटी कम्पनीमध्ये सबै भन्दा धेरै कम्पनीले अमेरिकाबाट काम पाउने गरेको पाइएको छ । सोमबार इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा ७७.८ प्रतिशत नेपाली आईटी कम्पनीले अमेरिकाबाट काम पाउने गरेको देखिएको हो ।

दोस्रोमा सबैभन्दा बढी काम युरोप (ईयू सदस्यहरू), तेस्रोमा बेलायत र चौंथोमा अष्ट्रेलियाबाट काम पाउने गरेको देखिएको हो । त्यसबाहेक पनि पछिल्लो समय आईटी कम्पनीहरू यूएई, बहराइन, बङ्गलादेश, भुटान, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, सिङ्गापुर, थाइल्यान्ड लगायतका देशबाट आउने काम गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न देशमा आफ्नो सेवा विस्तार गर्दै आएका आईटी कम्पनीमध्ये ४४ प्रतिशत कम्पनी निजी लगानीमा सञ्चालन भइरहेका छन् । केही कम्पनीहरू अन्तर्राष्ट्रिय कम्पनीसँगको पार्टनरशिपमा तयार भएका छन् भने केही आफ्नो एकल लगानीमा खुलेका छन् ।

पार्टनरशिप गर्ने कम्पनीहरूमध्ये ८७.५ प्रतिशत यस्ता कम्पनी छन्, जहाँ नेपाली पार्टनरका रूपमा आवद्ध छन् । त्यस्तै ३.१ प्रतिशत विदेशी पार्टनर, ६.३ प्रतिशत नेपाली र विदेशी पार्टनर र ३.१ प्रतिशत नेपाली र गैरआवासीय नेपाली पार्टनर भएका कम्पनी रहेका छन् ।

पछिल्लो अध्यावधिक: साउन १५, २०८० १९:३७